टप इन्ड टी–२० सिरिजमा एनटी स्ट्राइकविरुद्ध नेपालले पहिला बलिङ गर्दै

विविध समाचार

काठमाडौं । अस्ट्रेलियमा हुने टप इन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दैछ ।

यस खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै एनटी स्ट्राइकले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुँदैछ ।

यस खेलमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, रुपेश कुमार सिंह, सोमपाल कामी, लोकेस बम र शहाब आलम खेल्दै छन् ।

अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुँदै छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ‘ए’ टिम सहभागी हुँदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स र एनटी स्ट्राइक सहभागी हुँदैछन् ।

नेपालले १५ अगस्तमा एनटी स्ट्राइकसँग, १६ अगस्तमा बंगलादेश ‘ए’ मा, १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका रहेको छ । यी खेलपछि शिर्ष चार स्थानमा हुने टिम सेमिफाइनलमा खेल्ने आयोजकले जानकारी दिएको छ । २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *