नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

विविध समाचार

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

आज बिहान चितवनको इच्छाकामना गाउँपालिका तुइनखोलानजिक सडकमा खसेको पहिरो हटाएपछि सडक खुलेको थियो । तर फेरि त्यहीँ ठाउँमा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक बन्द भएको सडक डिभिजन कार्यालय भारतपुरले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका गाडी र यात्रुबीच बाटोमै रोकिएका छन् । पहिरोको जोखिम कायमै रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्दा बुझेर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *