सिडियो हमाल कै कारण कारागार असुरक्षित

राजनीति समाचार

काठमाडौं । कोही कोही कर्मचारी यस्ता हुन्छन्,जहाँ र जुन कार्यालयमा बस्छन्,त्यही लफडामा पर्दछन् । जस्तो केही अघिमात्र यस्ता लफडावाज कर्मचारीको रुपमा राजेन्द्रदेव पाण्डेको नाम चर्चामा आउथ्यो अहिले उनै राजेन्द्रलाई पछि पार्दै गोगनबहादुर हमालको नाम अग्रपक्तिंमा आइरहेको छ ।

केपी ओलीको गुणगान गाएर गीत गाए वापत मेयरमा पराजित भएर समेत राष्ट्रिय सभामा टिका लगाएर लगिएकी भगवती न्यौपाने अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन्,उनै मन्त्री न्यौपानेलाई आफ्नै गृहजिल्ला तनहुँका ‘सर’ पाण्डेलाई सामान्यको कर्मचारी प्रशासन महाशाखा प्रमुख नबनाइ भएको छैन,मन्त्री न्यौपानेलाई । ती तिनै सहसचिव हुन,जो गण्डकी प्रदेशको अर्थ सचिव हुँदा आफ्नो वडामा ८ करोड र पालिकामा २० करोड बजेट छुट्टाए पछि विवादमा तानिएर जगेडामा छन्,अहिले मुख्यमन्त्री कार्यालयमा ।

उनलाई अब पोखराबाट सिंहदरबार भित्र्याउने तयारी भइरहेको छ । यस अघि धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा तिव्वती नागरिकलाई नागरिकता दिने फण्डा होस वा झ्याप्ले खोलामा ३५ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा उनकै लापरवाही प्रमुख कारण देखेर गृह मन्त्रालयमा तानिएको थियो । यस अघि सिराहाको सिडिओ हुँदा तस्करी नियन्त्रण गर्न नसकेको भनेर पाण्डेलाई गृह मन्त्रालय तानिएको थियो पछि गृहमा मिलाएर उनी गृह सचिव गोकर्णमणि दुवाडीको गृह जिल्ला धादिङ्गको नेतृत्व गर्न पुगेका थिए ।

उनै पाण्डेझैं अहिले अर्काे सहसचिवको बारेमा समेत उस्तै टिप्पणी हुने गरेको छ,जहाँ बस्यो त्यही लफडा अर्थात लफडाको अर्काे नाममा गोगनबहादुर हमाल । हमाल लामो समय गृहमा बसेर कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । उनी त्यहाँ रहँदा नै कारागारमा एक जनाको मृत्यु र ४७ जना घाइते हुने गरी दुर्घटना घट्यो । यस्मा उनै हमालहरुको कमजोरी देखिन्छ । जेलरका विरुद्ध कर्मचारीहरु आन्दोलित भएपछि उनी विदामा थिए ।

निमित्त हाकिम शाखा अधिकृत समेत बिदामा बसेपछि खरिदारको काँधमा थियो कारागार कार्यालय । त्यही समयमा अप्रिय घटना भएको देखिन्छ । सिडियोकै कमजोर कार्यसम्पादनको कारण त्यहाँ यस्तो घटना घटेको जानकारहरु बताउँछन् । यो बिषयमा जेलभित्र रहेका कैदीहरुले विभिन्न निकायलाई पत्राचार समेत गरेको भएता पनि प्रशासनको लापरवाहीको कारण दुर्घटना हुन पुगेको विश्लेषकहरुको टिप्पणी छ । उसो त यस अघि हमाल त्रिवि विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत हुँदा प्रहरी र कर्मचारीबीच हात हालाहाल भएको थियो ।

तिनै कमजोर कार्यसम्पादन भएका कर्मचारीलाई अहिले सिडियो बनाउँदा यो घटना घटेको गृहका अनुभवी र पाका प्रशासकहरुको भनाई छ । उनी त्यस अघि यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा पनि नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको विवादमा मुछिएका थिए । उनी झैं नक्कली लाइसेन्स प्रकरणमा मुछिएका तान्त्रिक डाक्टर टोकराज पाण्डे अहिले रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् ।

मेकानिकल इन्जिनियर हमाल पिछडिएको क्षेत्रबाट उपसचिव भएका थिए। उपसचिव भएको एक वर्षमै उनी खुला प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव बन्न सफल भएका हुन । तर उनी जहाँ र जुन कार्यालयको नेतृत्व गर्दछन्,त्यही लफडा र विवादै विवादमा पर्दै आएका छन् । अर्थात कार्यसम्पादनमा उनै राजेन्द्रदेव पाण्डेको पथ पच्छाइरहेका छन् ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *