प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर स्थगित

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर स्थगित भएको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली स्वास्थ्यका करणले आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा उपस्थित नहुने जानकारी दिएका हुन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिए अनुसार भदौ महिनाको प्रश्नोत्तर हुन लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *