प्रधानमन्त्री ओलीको भारत भ्रमण माछा–माछा भ्यागुत्तो

राजनीति समाचार

रामचन्द्र बस्नेत
केपी शर्मा ओली प्रधानमन्त्री भएको १४ महिनापछि छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् । भारतले ढिलो गरी भ्रमणका लागि निमन्त्रणा दिएको छ । प्रधानमन्त्री भारत भ्रमणमा जाँदा के÷कस्ता सन्धि सम्झौताहरु हुन्छन् त्यो एकिन भइसकेको छैन । भारतले पहिला ओली प्रधानमन्त्री हुँदा नेपालमा नाकाबन्दी लगाएर दुःख दिने काम गरेको थियो ।

त्योसँगै ओलीले पनि भारतले नाकाबन्द गरेको विषयलाई लिएर उत्तरी छिमेकी मुलुक चीनसँग हारगुहार गरेर चीनबाट नेपालमा पेट्रोल म्याक्सबाट तेल आपूर्ति सुरु गर्न थालेपछि भारतले नाकाबन्दी खुल्ला गर्न वाध्य भएको थियो । त्यहीं बेलादेखि प्रधानमन्त्री ओलीसँग भारत रुष्ट बन्दै गएको थियो । त्यसपछि नेकपाबाट प्रधानमन्त्री बनेका ओलीले लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपछि भारत ओलीप्रति झन् बिच्किन पुगेको थियो ।

त्यहीँ निहुँ बनाएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई भारतले १४ महिना पछि भारत भ्रमणमा बोलाएको छ । तर, प्रधानमन्त्री ओलीले पहिलो पटक चीन भ्रमण गरिसकेका छन् । अब फेरि ओली चीन भ्रमणमा जाँदैछन् । भारत भ्रमण अगाडि चीन भ्रमणमा जाँदैछन् । चीन भ्रमण गरेर फर्किएपछि एमालेले विधान अधिवेशन गर्दै छ । विधान अधिवेशन सकिएलगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा निस्कँदै छन् ।

ओली भारत भ्रमणमा जाँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताका क्रममा नेपालको लिम्पियाधुरा र लिपुलेखक समेटिएको चुच्चे नक्सा र मानसरोवर जाने बाटोमा पर्ने नेपाली भू–भागको विषयमा कुरा उठाउँछन् कि उठाउँदैनन् यो प्रतिक्षाको विषय बनेको छ । प्रधानमन्त्री ओलीले यहीं चुच्चे नक्सा र नाकाबन्दीको कारण नेपाली राजनीतिमा हाइहाई कमाएका थिए । त्यो हाईहाई यथावत राख्छन् कि कुनै विवादित सन्धि सम्झौता गरेर बद्नाम हुन्छन् एकिन छैन ।

त्यसले गर्दा नेपालका राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कस्तो सन्देश ल्याउछन् भन्ने आँकलन गरिरहेका छन् । भारतले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको अवसर पारेर उपहार स्वरुप तालीम प्राप्त ‘कुकुर र घोडा’ लगायत ६ वटा स्ट्राइकिङ भेकल उपहार दिइने भएको छ ।

छिमेकी मुलुकको प्रधानमन्त्रीलाई यस्तो उपहार दिनु हेपाहा प्रवृत्ति हो कि होइन ? यदि भारतले साच्चिकै ‘कुकुर र घोडा’ उपहार दिने हो भने गृहस्तरीय वैठक भारतमा हुँदा दिएको भए उचित हुन्थ्यो । तर, प्रधानमन्त्रीको भ्रमणमा कुकुर र घोडा उपहार दिनुभनेको नेपाल र नेपालीको बद्नाम गर्नु शिवाय केही होइन । त्यसकारणले गर्दा प्रधानमन्त्री ओलीको भारत भ्रमण माछा–माछा भ्यागुत्तो हुने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *