नुवाकोटमा राईहरुको जमघट

राजनीति लेख

नेपाल विभिन्न जातजातीको बसोवास रहेको मुलुक हो । त्यसैले भाषा, संस्कृति, रितीथितीको मामलामा नेपाल विविधिता छ । यो पक्ष नेपालको मौलिकता र विशिष्ट पहिचान पनि हो । नेपालको भौगोलिक अवस्था अनुसार जातीगत वसोबास पनि विविधता पाइन्छ । हुनत क्षेत्री व्राम्हण जनताती सवै तिर छरिएर वसोवास गरेको पाइन्छ । तथापी ठाउँ विशेषमा विशेष वाहुल्यतापूर्ण वसोबास रहेको पाइन्छ । राईह्रुको वसोवास कोशी प्रदेशको पहाडी भुभागमा धेरै देखिन्छ । त्यसै गरी काठमाडौं उपत्यकमा नेवारहरुको वसोवास रहेको पाइन्छ । गण्डकी तिर गुरुङ्ग र मगरहरुको वाहुल्यता पाइन्छ । सुदुर पश्चिम तिर जाँदा जनजातीहरुको वसोवास कम पाइन्छ । यी मध्ये एक जातीको सम्मेलनमा सहभागी हुने मौका मिल्यो ।

देवास राई
राई भन्ने सुन्नासाथ कोशी प्रदेश संझन पुगिन्छ । राईको राष्ट्रिय सम्मेलन स्थल नुवाकोट भन्ने सुन्दा अलि अचम्म लागेको थियो । किन त्यहाँ गरेको होला भन्ने मनमा लाग्नु स्वभाविकै हो । यद्यपी मुलुकका अन्य भुभागमा पनि राईहरु भेटघाट हुने गर्दछ । तर वाक्लो उपस्थीति पूर्वी क्षेत्र अर्थात कोशी प्रदेश तिर देखिन्छ । राईहरु पनि विभिन्न थरहरुका हुँदा रहेछन् ।

२८ भाषी राइहरु हुन्छन् भन्ने सुनियो । त्यस मध्येको एक देवास राईको सम्मेलनमा सहभागी हुने मौका मिल्यो । यस देवास राई उत्थान समाजका संस्थापक देखिका अध्यक्ष आशमान राईका अनुसार राई भनेको जात हो रे अनी देवास राई भनेको चाँही थर हो । राई अन्तरगतका विभिन्न थरहरु रहेका छन् । किराँतहरुले काठमाडौंबाट विभिन्न क्षेत्रमा लागेको पाइयो त्यहाँ वातावरण अनुसार केही न केही अनुहार फरक पर्छ तर हाम्रो जिन राई नैं हो भन्ने दावी गर्नु हुन्छ आशमान राई । ९५ हजार भन्दा वढि देवास राईको वसोवास रहेको अनुमान आशमान राईको रहेको छ ।

देवास राईहरुको वसोवास रामेछाप, नुवाकोट, धादिङ्ग, चितवन, मकवानपुर, वारा, पर्सा र रौतहट जिल्लामा वसोवास रहेको छ । नुवाकोटका केही वडाहरुमा देवास राईको वाक्लो वसोवास रहेको पाइँदो रहेछ । यस समुदायबाट नुवाकोट १ वटा वडामा वडा अध्यक्ष पनि निर्वाचित हुनु भएको छ । देवास राई नदीको आसपासमा वस्ने चलन रहेछ ।

लिखु खोलाका आसपासमा वाक्लो वस्ती रहेछ ।
यी देवास राईहरुको एक संस्था रहेछ । जस्को नाम ‘किराँत देवास राई उत्थान समाज नेपाल’ रहेछ । त्यस संस्थाको छैटौ. राष्ट्रिय सम्मेलन २०८२ भाद्र १४ गते शनिवारका दिन नुवाकोटको विदुर नगरपालिकामा आयोजना गरिएको रहेछ । सो कार्यक्रमको उद्घाटनकालागि बागमती प्रदेश सरकारका माननिय वन तथा वातावरण मन्त्री भरत वहादुर केसीलाई आमन्त्रण आएको थियो । सो समारोहमा सहभागी हुने मौका मैले पनि पाएँ ।

भाद्र १४ गते विहानै काठमाडौंबाट टोखा छहरे तिरको बाटो हुँदै माननीय मन्त्री सहितको हाम्रो टोली त्यता लाग्यौं । भु तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोट र डिभिजन वन कार्यालय नुवाकोटको कार्यालयको व्रिफिङ्ग कार्यक्रम थियो । नेकपा एमालेका जिल्ला स्तरीय नेताहरुसँग सामान्य भेटघाट भयो । दिउँसो १ वजे देखि देवास राईको राष्ट्रिय सम्मेलन उद्घाटन समारोह कार्यक्रम तय गरिएको थियो ।

अधिवेशनको उद्घाटन समारोहमा देवास राईहरुको वाक्लो उपस्थीति थियो । उनीहरुले आफ्नै भेषभुषा, वाजागाजा सहित शहर परिक्रममा गरी कार्यक्रम स्थलमा प्रवेश गरेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुती थिए । जनजातीमा आधारि संघ संगठनका राष्ट्रिय पदाधिकारीहरुको समेत उपस्थीति थियो । जिल्ला स्तरीय राजनीतिक दलका नेताहरुको पनि सहभागीता थियो । समाजका अध्यक्ष आशमान राईको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन सत्रको प्रमुख अतिथी वन तथा वातावरण मन्त्री भरत वहादुर केसी हुनुहुन्थ्यो ।

देवास राई आफैलाई हामी काला राई भनी हिनतावोध गरेको समेत पाइयो । तर यो भौगोलिक अवस्था र वातावरणले छालाको रङ्ग परिवर्तन हुने कुरा सम्मेलनका अधिकांश वक्ताले जोड दिएका थिए । पूर्व तिरका राई गोरा अनी देवास राई चाँही काला भन्ने भाष्य रहेछ । देवास राईको आफ्नो पहिरन लोभलाग्दो देखिन्थ्यो । प्रस्तुती पनि रोचक थियो । साकेला पर्वलाई प्राथमिकतामा राखेको पाइयो तर उभौली र उद्यौली जस्ता विशेष पर्व यता छाडेको प्रति आफैले आफुलाई नैं गुनासो समेत गरे ।

अव यसलाई फेरी जोड्नु पर्दछ भन्ने अठोट युवाहरुले पनि व्यक्त गरे । देवास राईको भाषा रहेको र लिपी चाँही आंशिक मात्र वाँकी रहेको पाइयो । युवा पुस्ताले यो लिपीलाई पूर्ण बनाउन लागि परिरहेका छन् । आफ्नो भाषालाई राज्यद्वारा मान्यता प्राप्त भाषा बनेको देख्न चाहान्छन् । उद्घाटन समारोहमा अधिकांश वक्ताले वन माथि आदीवासी जनजातीको हकको विषयमा वीचार व्यक्त गरे । आइएलओ १६९ व्यवस्थालाई कार्यान्वयनकोलागि जोडदार आवाजहरु उठे । आफ्नो भाषा, संस्कृती, लिपि जोगाउन लागि पर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

प्रमुख अतिथी वन तथा वातावरण मन्त्री भरत वहादुर केसीले वनको सन्दर्भमा आदीवास जनजातीको भूमिकाको वारेमा चर्चा गर्नु भयो । हरियो वन नेपालको धन मात्रै होइन जनताको धन हुनु पर्दछ, वन हेर्ने मात्र होइन जनताको हैसियत फेर्ने हुनुु पर्दद्ध भन्ने कुरामा जोड दिनु भयो । यसकालागि वनको दिगो व्यवस्थापनको विकल्प नरहेको बताउनु भयो । सामुदायिक वन भनेकै स्थानीय समुदाय र आदीवासी जनजातीहरुले व्यवस्थापन गरेको पद्धती हो । वन तथा वातावरण मन्त्रालयले सम्मान सहितको सेवा भन्ने अवधारणा अघि सारेको छ ।

मन्त्रालयमा रहने राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन सबै नागरिकको सेवक हौं भन्ने मर्मलाई आत्मसात गरी काम गर्ने कुरा जोड दिँदै मन्त्री केसीले आमनागरिकलाई असर पारेको बाँदर नियन्त्रणकालागि प्रदेश मन्त्रालयले वस्तुगत अध्ययन गरी ठोस कदम चाल्ने र यसकालागि सङ्घीय मन्त्रालयसँग पनि समन्वय गर्ने जानकारी गराउनु भयो ।

२०६१ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको किराँत दवास राई उत्थान समाजको छैटौं सम्मेलन सम्पन्न भएको छ । स्थापना देखि नेतृत्व गरिरहनु भएका आशमान राईले नयाँ पुस्ताका श्याम वहादुर राईलाई नेतृत्व हस्तान्तरण गर्नु भयो । आफ्नो सामुदायिक पहिचान, संस्कृतीक तथा भेषभुषालाई जोगाइ रहने समाजको प्राथमिकतामा पार्नु भएको रहेछ । कुनै पनि समुदायको सांस्कृतिक पक्षको जगेर्ना गर्नु सम्वन्धीत समुदायकै हो । त्यो कार्यमा देवास राई संस्थागत रुपमा डटेर लागेको पाइयो । सामाजिक सद्भाव सहित आफ्नो रितीथिती, भेषभुषा, भाषा जोगाउनु त्यसको प्रयोग गर्न पनि जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *