काठमाडौं । अमेरिकी अध्यागमनका अधिकारीहरूले हालै जर्जियामा रहेको दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाईको कारखानामा ठुलो स्तरमा छापा मारेका थिए ।
यो घटनापछि उक्त कारखाना खुल्न कम्तीमा पनि दुई महिना लाग्ने कम्पनीले बताएको छ । यो छापामारपछि अमेरिका र दक्षिण कोरियाबिच तनाव बढेको छ । उक्त छापामारीका क्रममा समातिएका अधिकांश अवैध आप्रवासी कामदार दक्षिण कोरियाली थिए । तीमध्ये अधिकांश कामदारलाई कम्पनी स्थापनार्थ सहयोग गर्नका लागि भनेर पठाइएको दक्षिण कोरियाली अधिकारीहरूले भनेका छन् ।
छापामारीका कारण कारखाना खुल्न कम्तीमा पनि दुई देखि तीन महिनासम्म ढिला हुन सकने हुयुन्डाईका प्रमुख कार्यकारी जोस होसे मुन्योफले भनेका छन् । जर्जियामा गएको हप्ता भएको सो छापामारी अमेरिकी इतिहासको सबैभन्दा ठुलो थियो ।
यसमा ४७५ जना समातिएका थिए । यीमध्ये तीन सय भन्दा धेरै दक्षिण कोरियाली नागरिक थिए । ती कामदार अमेरिकामा काम गर्न अधिकार प्राप्त नभएको अमेरिकी अध्यागमनका अधिकारीहरूले भनेका छन् ।

