सशस्त्रमा ठाडा र वंशीको मोर्चाबन्दी

राजनीति समाचार

काठमाडौँ । नेपाल प्रहरी गुप्तचर समूहका प्रमुखहरूको अवकाशसँगै आफ्नै कार्यकाल ४ वर्षबाट ३ वर्षमा झारौं भन्ने सशस्त्र प्रहरीका आइजीपी राजु अर्याललाई हटाउन संगठन भित्रैबाट दुई जना चलाख र पैसाको खेलो गर्न सिपालु दुई एआइजीहरु लागेका छन् । म डीआइजीको वरिष्ठ हुँ भन्दै डिआइजी कमल गिरीलाई गणेश ठाडाले उछिनेका छन् । गिरीले पद त्याग्न सकेका छैनन् । उनको नजिक ज्ञानेन्द्र कार्की थिए । उनी आफू टेरामक्स काण्डबाट बालबाल बचेका छन् ।

आईजीपी अर्याललाई आफ्नै विरुद्धको गुटबन्दी पत्तो छैन । सशस्त्रमा वरिष्ठतालाई मिचिदैन, त्यसैकारण त्यहाँ विगतमा १४ दिने आईजीपी पनि भए । नेपाल प्रहरीमा कांग्रेसले २४ घण्टे एआइजी सम्म बनाएकै हो । यसरी एआइजी हुँदा उनीहरूले पाउने एक वर्षको पेन्सन हिसाब गरी कांग्रेस नेतृ डा.आरजु राणालाई बुझाएका हुन् । संगठनभित्र चलखेल गर्ने वंशी दाहाल झापाली हुन् भने गणेश ठाडा धनकुटे हुन् । यी दुईको खेलमा वरिष्ठ एआइजी नारायण दत्त पौडेल बेखबर छन् । पौडेल आर्थिक रुपमा लोभी भएर नै त्यो ठाउँसम्म वरिष्ठ बन्न पाएनन् ।

अहिले ठाडा सीमा विभाग, वंशी दाहाल प्रशासन, पौडेल कार्य विभागमा छन् । सशस्त्रले तालिम केन्द्र अर्थात् प्रशिक्षण प्रतिष्ठान र अस्पतालमा एआइजी पाएको छ । अस्पतालतर्फको कमाण्डमा प्राविधिक डीआइजीले कसरी चल्छ गृह मन्त्रालयले ख्याल गरेको छैन । एआइजी ठाडाले प्रधानमन्त्री कार्यालय, एआइजी दाहालले बुढानीलकण्ठ दरबार रिझाएर बजेट बिना हतियारको खरिदमा चासो नदिन आईजीपी राजु अर्याललाई ८ महिना अगाडि नै खेद्न सकियो भने नारायण दत्त पछि थोरै समयका लागि वंशी दाहाल र ठाडाले ऐनको व्यवस्था अनुसार चार वर्ष पुरै आइजीपी खानका लागि यो मोर्चा बनाएका हुन् ।

तिनै प्रशासन प्रमुखको सेवक बनेका एसपी पदका ज्ञानप्रसाद भुर्तेलको काम संगठनलाई कतै सरकारले उपलब्ध गराएको, कतै सरकारी अधिग्रहणमा परेको जग्गाको नापजाँच गर्दा राम्रै फाइदा लिएका छन् । भुर्तेल नेपाल प्रहरीमा असईबाट सशस्त्र प्रवेश गर्दा सई भएका हुन् । उनको भ्रष्ट प्रवृत्तिसँग जोडिएकाहरूको चरित्र एउटै छ । तिनै मध्येका दिपेन्द्र कुँवरलाई योग्यता नपुगी डीआइजी बनाएर लुट्न लुम्बिनी प्रदेशको प्रमुख बनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *