काठमाडौं । घरभित्र सुरुङ्ग जस्तै कोठामा पैसाको गोदाम राखेका कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका भ्रष्ट मन्त्री फेर्न नमान्दा आज देशमा जनविद्रोहीको निशानामा परेका छन् ।
डा.आरजुको भ्रष्ट स्वभावले गर्दा सेनेटरी प्याडमा राजश्व छल्दा र विनोद चौधरीलाई पोस्याउने, राजस्व घटाउने योजनामा लाग्दा डा.आरजु राणाको आज यो हालत हुन पुग्यो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माहुँदा सिसिटीभिको फुटेजमा मुसाले तार काटेको बाहाना बनाएर डा.आरजुले कमाउ धन्दा सञ्चालन गरेकी थिइन् । आज सो बुढानीलकण्ठ दरबार आगजनी भएको छ । अवैध ढङ्गले आर्जन गरेको सम्पत्ति संरक्षण गर्न नसक्दा जलेर नष्ट भएको छ ।
देउवा पत्नीले लोकतन्त्रको नाममा गरेको भ्रष्टाचारले कांग्रेस पार्टी नै सखाप बन्न पुगेको छ । त्यो हुनुको मुख्य कारण सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालहरुमा सरकारको अफवा फैलाउने, भए नभएका समाचारहरु पोष्ट गर्ने, समाजमा देख्न नसकिने र हेर्न नसकिने भिडियोहरु सार्वजनिक भएपछि सरकारले सामाजिक सञ्जाल बन्द गरेकोे थियो । त्यही सामाजिक सञ्जाललाई निहुँ बनाएर जेन्जी पुस्ताहरुले भदौ २३ र २४ गते गरेको विरोध प्रदर्शनको क्रममा दर्जनौ मानिसहरुले ज्यान गुमाउन पुगेका थिए, भने सयौं घाइते भएका छन् ।
ठूला पार्टीका तीन नेताका दम्भले गर्दा आज देशले यो अवस्था भोग्नु परेको छ । तत्कालीन प्रधानमन्त्री प्रचण्ड दाहालको घरमा पैसाको बोरा र गोदाम देखिएको छ भने, केपीको घरमा सुनको हात्ती, देउवा दरबारमा अरब पैसा भेटिएको सामाजिक सञ्जालमार्फत् समाचार सार्वजनिक भैरहेको छ । अर्कोतर्फ तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको निवासमा रक्सीको बोतल र पैसा गन्ने मेसिन फेला पर्नुले राजनितिक दलहरुको पर्दा फास भएको छ । त्यसले गर्दा कांग्रेस एमालेको सरकार बदनाम हुन पुगेको छ ।
तत्कालीन सरकारले कहिले राष्ट्रिय परिचय पत्र अनिवार्य लगाउने, कहिले गाडीको इम्बोडस नम्बर प्लेट जडान गर्ने जस्ता नाममा राष्ट्र खोक्रो बनाएपछि देशमा यस्तो अवस्था सृजना भयो । जेन्जी आन्दोलनले भ्रष्ट माथि कारबाही गर्ने र विचौलिया प्रथाको अन्त्य गर्ने, क्षमता र योग्ताको कदर गर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए । तर, कांग्रेस एमाले सरकारले त्यसको आवाज दवाउन खोज्दा आज संसद भंग हुन पुग्यो ।
संसद मात्रै भंग भएन सरकार पनि गि¥यो, दलहरुको अस्तित्व पनि सकियो । तर देशमा अझैं संविधान जिवित छ, त्यसले गर्दा विकासका ढोका खुल्न सक्छन् । सुरक्षा निकायहरुलाई पनि सक्षम बनाउन जरुरी छ । सेनाले चाहेको भए सरकारी सम्पत्ति ध्वस्त हुने थिएन । सेनाले सुरक्षा परिषद्को निणर्य नआएको भन्दै पन्छिने काम ग¥यो । सेना पन्छिदा देशमा भौतिक संरचनादेखि अन्य सामाग्री जलेर नष्ट भएका छन्,भने युवा विद्यार्थी मर्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु मुखदर्शक बनेर बसेका थिए ।

