एमाले पार्टी कार्यालयमा सर्वसाधारण देखि कार्यकर्ताको भिड

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज पार्टी कार्यालय च्यासलमा कार्यक्रम गरेको थियो ।

कार्यक्रमको लागि बिहान सात बजेदेखि पार्टी कार्यालय च्यासलमा हजारौं सर्वसाधरण र कायकर्ताको भिड थियो । सो भिडले पार्टी कार्यालयमा भएको आगजनीबाट भएको क्षतिलाई अवलोकन गर्नेहरुको पनि त्यतिकै सहभागि थियो । पार्टी कार्यालय जलेर नष्ट भएसँगै पार्टी कार्यालय वरिपरि रहेका संरचनाहरु समेत ध्वस्त रहेका थिए । त्यसै सेरोफेरोमा संविधान दिवसको अवसर पारेर एमालेले कार्यक्रम गरेको थियो ।

कार्यक्रममा बोल्ने क्रममा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, लोकतन्त्र बलियो नबन्ने धारणा व्यक्त गरेका थिए । जेनजी पुस्ताको नाममा देशलाई हिंसा तर्फ धकेल्ने काम जुन सुकै दल वा पार्टीले गर्नु नहुने बताएका थिए । लोकतन्त्र बलियो भयो भने मात्र देशमा सुशासन र विकास हुने बताएका थिए । यदि लोकतन्त्र खतरामा प¥यो भने देशमा अराजकताको भिड बढ्ने र विकाश र सुशासन नहुने र नेपाल र नेपालीहरुले दुख पाउने बताएका थिए ।

नेकपा एमालेले ल्याएको विकाशक र समृद्विको अवधारणालाई कसैले रोकेर रोक्न नसकिने बताएका थिए । सरकारमा बस्दा केही कमी कमजोरी भएका होलान् त्यसलाई परिमार्जन गरी अघि बढ्नु पर्ने र भ्रष्टाचार र बिकृतिलाई पनि समाधान गर्नुपर्नेे बताएका थिए । नेकपा एमालेले सरकारमा बस्दा केही कमी कमजोरी गरेको भएता पनि त्यसलाई सच्चाएर अघि बढ्नुपर्ने थियो तर सो कमी, कमजोरीलाई केलाउन नपाउँदै देशमा अशान्ती फैलाउने तत्वहरुले जेनजी पुस्ताको नाममा अशान्ति फैलाएर युवाहरुको असमायीक निदन भएको, भौतिक संरचना जलाउने काम भएको प्रति एमालेलाई सइए नहुने बताएका थिए ।

एमालेले त्यस्ता विषयमा सम्वेदनशील भएर देश र जनताको लागि अगाडि बढ्नुको साथै शहित परिवार प्रति हार्दिक श्रद्वाञ्जली दिएको थियो । साथै शहिद परिवार प्रति धैर्य धारणा रहन र क्षतिपूर्ति दिने, घाइतेहरुको यथा शीघ्र स्वास्थ्य लाभसँगै निःशुल्क उपचार गराउनुपर्ने साझा धारणा एमालेका महासचिव शंकर पोखरेलले राखेका थिए । कुनै राजनीतिक दलहरुलाई ऐन, कानून मन नपरेका हुन सक्छन् त्यसलाई संशोधन गरेर अघि बढ्नु पर्नेमा त्यसको समिक्षा नगरी देशलाई अराजकता तिर धकेल्नु कुनैपनि शक्तिहरुलाई छुट नहुने बताएका थिए ।

त्यसैले राजनीतिक दलहरु एक जुट भएर देश र जनताको लागि अघि बढ्नु बाहेक अर्को बिकल्प नरहेको महासचिव शंखर पोखरेलको भनाइ थियो । त्यसैगरी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि देशमा भएको आन्दोलनले ठूलो जनधनको क्षतिसँगै युवा पुस्ताहरुले देश र जनताको लागि गरेको बलिदानमा शहिद परिवारप्रति हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै घाइतहरुको स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क उपचार गर्नुपर्ने र विभिन्न कमी कमजोरी भएमा त्यसलाई सच्याएर देश र जनताको लागि अघि बढ्नुपर्ने धारणा राखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *