काठमाडौं । नेपाल प्रहरीमा विगते लामो समयदेखि हतियारदेखि बख्तरबन्द र लत्ताकपडा खरिद गर्दा बारम्बार भ्रष्टाचार हुँदै आएको थियो । टेण्डर प्रक्रियाका मूल्य मान्यता विपरीत महंगो मूल्य राखेर भ्रष्टाचार गर्ने नेपाल प्रहरीको चलन यस पटक पनि कायमै छ । तत्कालीन गृहमन्त्री रमेश लेखककै सहभागितामा स्वीकृत गरिएको प्रहरीका प्रशासन विभागका एआईजी सुशील सिंह राठोर सहभागितामारु ४८ करोड सोझै राज्य स्रोतबाट हजाम गर्ने योजना बनाएका थिए । बूट, चुस्ता, लत्ताकपडालगायतमा यो भ्रष्टाचार भएको हो । सरकारले प्रहरीलाई हतियार र गोलीगठ्ठा गरिद गर्न रु २ अर्ब ५० करोड छुट्याएको थियो ।
त्यो खरिदमा पनि पुरानै टेण्डरको म्याद थप्दै डा. आरजु राणालाई घुस बुझाउँदै आएका माफिया दीपक भट्टले चलखेल गर्दै आएका थिए । भट्टको सशस्त्रलाई पनि हतियार खरिद गराउन जोड दिने गर्दै आएका थिए । तर, राज्यले बजेट नदिएको कारण हतियार खरिद रोकिएको थियो । डा. आरजु देउवाका भाइ भुषण राणासम्म सशस्त्रका एआईजी द्वय गणेश ठाडा मगर र वंशी दाहालको मिलेमतो थियो । उनीहरुको जोडबलमा सशस्त्रलाई हतियार खरिद गर्ने योजना बनाइएको थियो ।
एआईजी सुशील सिंह राठोर विवादित पात्र हुन् । नेविसंघको राजनीतिबाट प्रहरी सेवामा प्रवेश गरेका राठोर आज प्रहरी प्रशासनको प्रमुख भएका छन् । उनलाई कार्यक्षमताभन्दा कांग्रेसको दबाबमा प्रहरीमा स्थापित गराइएको थियो । अहिले प्रहरीले हतियारदेखि चुस्ता, बुट, जुत्ताजस्ता खरिदमा भ्रष्टाचार गर्ने योजना बनाउँदै आएका थिए । सार्वजनिक खरिद ऐनलाई लत्याएर तत्कालीन गृहमन्त्री लेखक र डा. आरजुको योजनामा यो काम हुँदै थियो । तत्कालीन सरकारले नीतिगत भ्रष्टाचार गर्ने मूल योजना बनाएर विकास पूर्वाधारको बजेट लागत स्टमेटभन्दा दोब्बर बनाउने परिपाटी नै बनाएको थियो ।
कुलमान घिसिङ विद्युत कार्यकारी निर्देशक हुँदा ३४ अर्ब नाफामा रहेको विद्युत् प्राधिकरणलाई उल्टै रु १० अर्ब घाटा देखाएर सरकारसँग सोही बराबर ऋण लिएर भ्रष्टाचार गर्ने योजना बनाइएको थियो । तर, राज्यसत्ताको भ्रष्टाचारले ग्रस्त समाजलाई जेनजी पुस्ताको आन्दोलनले सचेत गराउँदा भ्रष्टहरु टिक्न सकेनन् । तर, भ्रचारका योजना धमाधम सार्वजनिक भइरहेका छन् । हिजोसम्म सत्तामा बसेर भ्रष्टाचारी जोगाउँदै आएको अख्तियार आज तातेको छ । पासपोर्ट छपाई होस् वा इम्वोस नम्बर प्लेटमा होस् नियोजित ढंगले भ्रष्टाचार गर्ने काम भएको थियो । तर, चुनावी सरकारको ध्यान भने चुनावतिरै छ । उता, भ्रष्टहरुको योजना भने एकपछि अर्को गर्दै बाहिरिन थालेको छ ।