जेन जेडलाई बच्चा वा कच्चा नसम्झौं

राजनीति समाचार

ओली(देउवा सरकार नेपाल राष्ट्र र नेपाली जनताको लागि घोरपीडा दायक भ्रष्टाचार र कुशासनको चक्कर चलाएर सत्तामा कुण्डली मारी शेर बनेरबसेको थियो । नेपाली जनता त्यस्तो सरकारबाट कसरी मूक्ति पाउने भनी घोर चिन्तामा डुबीबसेको बेलामा अचानक जेन जेडले मैदानमा उत्री अभूतपूर्व बहादुरी देखाउँदै अमर वलीदानी दिएर ओली(देउवा सरकरको नेतृत्व गरी बसेको एमाले शीर्ष नेता प्रधानमंत्री ओलीलाई राजिनाम दिन बाध्य तुल्याएको थियो ।

नेपाल राष्ट्रको अस्तित्वको रक्षा गर्न र नेपाली जनतालाई दलहरुको अवाञ्छित दासत्वबाट मूक्त पार्नको लागि ओली(देउवा सरकार बिरुद्ध आन्दोलन गर्न जरुरी थियो र सोजरुरीलाई जेन जेडका बालकहरुले पुरागरी दिएकाछन ।जेन जेडका बालकहरुले आफ्नो आन्दोलन र अमरवलीदानीबाट प्राप्त उपलव्धिलाई संस्थागत गरी अगाडि बढाउनको निमिक्त पूर्व प्रधानन्यायधिश सुशीला कार्कीको नेतृत्वमा आन्तरिक सरकार बनाएको कुरा सर्वविदित नै छ । यो आन्तरिम सरकारले लगभग १ महिना बित्दा पनि अझ पूर्णरुप ग्रहण गरीसकेको छैन ।

छ महिना भित्र चुनाव गरी चुनाव जितेर आउने दलका नेता वा दलहरुको गठबन्ध बनाएर त्यसको नेतृत्व गर्ने व्यक्तिलाई प्रधानमंत्री नियुक्त भएपछि उनैलाई आन्तरिम सरकारको प्रधानमंत्रीले राज्यसत्ता हष्तान्तरन गर्नु पर्नेछ । नेपालको संबिधान २०७२ अनुसार नै गर्नु पर्ने यो चुनाव अहिले आएर ठुलो बिबादमा फँसीसकेको छ । संबिधानको संसोधन गर्नु पर्ने कुरा पहिले देखि नै चल्दै आएको भएता पनि त्यसमा ओली(देउवा सरकारले ध्यान दिएको थिएन । वास्तवमा ओली(देउवा सरकार बन्दा खेरी नै एमाले र नेपाली काँग्रेस दल बिच सहमती भएको महत्वपूर्ण बुँदाहरुमा नेपालको संबिधान २०७२ मा संसोधन गर्ने देखि लिएर सुशासन सम्मका बिषयहरु प्राथमिकताको साथ समावेस गरिएको थियो ।

तर सरकारको नेतृत्व गरी बसेको एमाले शीर्ष नेता ओलीले उक्त सबै महत्वपूर्ण बिषयहरुलाई थाती राख्ने निर्णय बिचमा गरेकाले समस्या झन बढेको थियो । लगभग ५ दर्जन नेपाली जनता मारिएको मधेश आन्दोलन ताका पनि उहाँ नै नेपालको प्रधानमंत्री भएकाले जबजस्ती पेलेर नै उक्त मधेस आन्दोलन दबाउने काम भएको थियो । संबिधान संसोधन गर्न सक्ने दुईतिहाई महुमत भएको सरकारको नेतृत्व गर्दा पनि एमाले शीर्ष नेता पूर्व प्रमं ओलीले चुच्चे नक्सा आदिको कुरा निकालेर अलमलमा पारेका थिए । उहाँ संबिधान संसोधन गर्ने पक्षमा पहिला पनि थिएन र अहिले पनि छैन ।

नक्कली राष्ट्रवादीको मुकुण्डो पहिरिएका बहुरुपी एमाले शीर्ष नेता पूर्व प्रमं ओलीमावास्तविक समस्यालाई सुल्झाउने भन्दा पनि उल्झाएर राख्ने प्रवृत्ति हाबी रहेको सजिलै बुझ्न सकिन्छ । राष्ट्रवादीको रुपमा देखिए पनि उहाँको कामहरु प्राय सबै राष्ट्रघाती नै हुने गरेकाछन । राजावादीहरुले व्यवस्थापन गरेको तीनकुने बिरोध रैलीमा तत्कालिन प्रधानमंत्री ओली र गृह्यमंत्री लेखकले परिचालन गरेको भिजीलान्तेहरुबाट २ व्यक्ति मारिएको र दुई स्कूले बाटो हिड्ने विद्यार्थी दाज्यू बहिनीलाई खुट्टामा गोली हानेर घाईते बनाएको घटनालाईसत्ताको बल प्रयोग गरी दबाउन सफल भएका थिए । उक्त घटनाको छानविन गर्न आयोग बनाउनु पर्ने प्रतिपक्षी दलहरुको मागलाई एमाओवादीलाई लोभ लालच दिएरत्यसै सेलाउन बाध्य तुल्याएका थिए ।

त्यहि काण्डबाट हौसिएका ओली र लेखकको जोडीले पछिल्लो पटक स्कुले ड्रेस लगाएर आएका प्रदर्शनकारीहरुलाई गोली अन्धाधुन्द ठोकी मार्न फिल्डमा खटिएका नेपाल प्रहारीलाई आदेश दिए । त्यस्तो आदेश पाएका नेपाल प्रहारीका सार्प सुटरहरुले ताकी ताकी २३ जनालाई अन्तर्राष्ट्रिय सभा भवन परिसरमा नै ढाले भने बाँकीलाई बिभिन्न स्थानमा गोली ठोकी मार्ने काम सम्पन्न भयो । जेन जेडका बच्चाहरुको त्यसरी हत्या गरिएपछि नेपाली सेना ले तठस्तता अपनाउँदै दलका नेताहरुलाई नेपाली जनतालाई मार्न नसघाउने जबाफ दिए ।

त्यसपछि बाध्य भएर ओली(देउवा सरकारले राजिनाम गर्नु पर्यो र त्यसको ठाउँमा जेन जेड आन्दोलनबाट सुशीला कार्कीको नेतृत्वमा हालको आन्तरिम सरकार बन्यो । हतारमा आन्तरिम सरकार बनाउनु परेको र जेन जेडको राजनीतिक अनुभव पनि कम भएको हुँदा आन्तरिम संबिधान नै बनाएर अगाडि बढ्ने कुरालाई म्यानडेटको रुपमा राख्न छुट्यो । अब जेन जेडको आन्दोलनले च्यातीसकेको नेपालको संबिधान २०७२ कै आधारमा कसरी चुनाव गर्ने र दलहरुलाई परास्त कसरी गर्न सकिन्छ भन्ने सवाल उठीसकेको छ । यदि यहि नै गर्ने हो भने जेन जेडको आन्दोलन जसमालगभग ७ दर्जन नेपालीको ज्यान गएको बिषयको औचित्य सावित गर्न कठिन हुन्छ ।

मध्यावधि चुनाव गराउनुको लागि यत्रो आन्दोलनकारीहरुको ज्यान जाने गरी जेन जेडले आन्दोलन गर्नुको पछाडिको तात्पर्य के थियो रु त्यसै पनि ०८४ को आम चुनाव आउनै लागेको वर्तमान अवस्थामा यत्रो ज्यान जाने गरी किन आन्दोलन गर्नु परेको हो रु यवत कुराहरुको जबाफ जेन जेडले नेपाली जनतालाई दिनु पर्ने हुन्छ । त्यसकारण जेन जेडले आन्तरिम संबिधान बनाएर सोही संबिधान अनुसार चुनाव गराउनु नै सबै भन्दा उचित हुने थियो । पहिलेका सबै कमीकमजोरीहरुलाई बोकेर नै हिड्ने गरी चुनाव गर्ने मूर्खता जेन जेडले गर्नु हुँदैन । राजतंत्र, वैदिक सनातनी हिन्दूधर्म, संघीयता, गणतंत्र र प्रदेश बारे निर्क्योल नगरी चुनाव गर्नु गराउनु हुँदैन ।

त्यो भुल मात्र होईन महाभुल नै सावित हुने देखिन्छ ।नेपालमा बिदेशी गैरसरकारी संस्थाहरु दलका शीर्ष नेताहरुले नै भित्र्याएका हुन । त्यसको द्वोष अहिले जेन जेडलाई दिन खोजेर कुनै कोणबाट पनि मिल्ने कुरा होइन । अमेरिकी एमसीसी, एसपीएस र आईपीएस जस्ता परियोजाहरु नेपाली जनताले हुन्न भन्दाभन्दै दलका शीर्ष नेताहरुले जबरजस्ति जनचाहाना र जनभावना विपरित गएर नेपालमा लागु गरेकाहुन । त्यसको सम्पूर्ण द्वोष पनि जेन जेडका बालक आन्दोलनकारीहरु माथि थोपर्न मिल्दैन । नेपालको राजनीतिक मामलामा युएन लगायत अन्य बिदेशी मुलुकहरुलाई गुहार्ने दलका शीर्ष नेताहरु नै हुन । भ्रष्टचार नगर्नु र सुशासन गर्नु भन्ने जेन जेडले नेपालको राजनीति र बिकासमा बिदेशी हष्तक्षेप ल्याएको होईन जसको लागि दलहरु नै पूर्णरुपले जिम्मेवारछन ।

एक धरी दलका नेताहरुले जेन जेडका बालकहरुलाई बिदेशी मुलुक भारत, चीन लगायत अमेरिकाले पनि सहयोग गरेको आरोप लगाएकाछन तर त्यसो गर्दा बिगतमा आफैले उक्त मुलुकहरुबाट नेपालमा भित्र्याएको हष्तक्षेपकारी आर्थिक सहयोगलाई भने चर्चा गरेका छैनन् । नेपालका दलका नेताहरु कोही चोखा नभएर कुनै न कुनै बिदेशीको दलालको रुपमा चिनिएकाहरु मात्रै छन । त्यस्ता दलका नेताहरुले भ्रष्टाचारको बिरोध गर्ने र सुशासन खोज्ने जेन जेडका बालकहरुलाई ललीपप दिएर राज्यसत्ताबाट टार्न पञ्छाउन खोजेका छन । घुमाई फिराई आफैले पहिलेको जस्तै नेपालको राज्यसत्ता प्राप्त गर्ने सपना देखी बसेकाछन ।

अनुहार मिल्यो भन्दैमा कसैले कसैलाई बधाई दियो भन्दैमा त्यसैलाई आधार बनाएर जेन जेड अमेरिकाबाट परिचालित छ भन्ने आरोप लगाउनु वा स्वतंत्र तव्वत आन्दोलन सित जोडिएको छ भन्नु सर्वदा गलत हुन्छ । मेयर बालेनलाई समेत अहिले दलहरुले बिदेशीको दलाल भन्न थालेका छन, किन रु उहाँको नाम किन र कसरी एकासी राष्ट्रवादीबाट राष्ट्रघातीमा जोडिन पुग्यो रु भ्रष्टाचार नगर्ने र सुशासनको मामलामा दलहरुबाट बालेनलाई कुनै चुनौती हुन सक्दैन तथापि भ्रष्टाचारका श्रोत केन्द्रहरु र केन्द्रविन्दूमा आगो लगाउने काम बालेन ले नै गरेको हो भन्ने कुराको निष्कर्ष निकाल्दा दलहरुले दमकल समयमा परिचालन हननसकेको बिषयलाई जोडेका छन ।

त्यस्तै आरोप दलहरुले नेपाली सेना माथि पनि सिंहदरवारमा आगो लगाउन नरोकेको कारण देखाएर लगाएकाछन । यथर्थमा सत्य कुरा के हो भने नेपाली सेनालाई सिंहदरवार परिसर भित्र बाट हटाएको दलहरुले नै हो । त्यसैले नेपाली सेना सिंहदरवारमा आगो लगाउँदै गर्दा त्यहाँ पुगेर आन्दोलनकारीहरुलाई आगोलगाउनबाट रोक्न सकेन । नेपाल मजदुर किसान पार्टीका शीर्ष नेता नरायणमान बिजुक्छे ज्यूले पनि जेन जेडको सरकारलाई गैरसरकारी संस्थाहरु कै सरकार मानेकाछन । खासगरी अमेरिकी गैरसरकारी संस्थाहरुको समर्थन यो आन्तरिम सरकारलाई प्राप्त भएको हुँदा अमेरिकी गैरसरकारी संसथाहरुले नै जेन जेड आन्दोलनमा लगानी गरेको हो भन्ने उहाँको भनाईछ ।

चुरो कुरो जेसुकै भए पनि सुशीला कार्की सरकारलाई अमेरिकी समर्थन भएकाले यसलाई कसैले पनि थर्काउन व हल्लाउन नसक्ने बुझाई उहाँको छ । यदि दलहरुले भित्री कुरा नबुझेर जेन जेडको सरकारलाई ढाल्ने प्रयास गरेको खण्डमा त्यसको प्रतिकार नेपाली सेनाले गर्ने हुनाले दलहरु सफल हुन नसक्ने देखिन्छ । अमेरिकी जनता वा सरकार नेपालको वा नेपाली जनताको बिरुद्ध नभएर भ्रष्टाचारको बिरुद्ध मात्रै भएको हुनाले नेपालमा सुशासन दलहरुबाट कायम हुन नसक्ने देखेपछि विकल्पको रुपमा जेन जेडलाई समर्थन गरेको हुन सक्ने संभावनालाई नकार्न भने सकिन्न ।

यदि जेन जेडको सरकारलाई दलहहरुबाट खतरा बढेको खण्डमा नेपाली सेनाले हष्तक्षेप गरी त्यसको संरक्षण र सम्वर्द्धन पक्कै पनि गर्नु पर्ने हुन्छ । दलहरु तिनका नेताहरुले जेन जेडको सरकारलाई खिसीट्युरी गर्ने, भ्रम फैलाएर बदनाम गर्ने र सहयोग नगर्ने हो भने जेन जेडका सहयोगीहरुले त्यसको प्रतिकार अवश्य गर्नेछ । देखिने सबै भन्दा ठुलो जेन जेडको सहयोगी त नेपाली सेना नै हो । समग्रमा नेपाली सेना नेपालका सबै राजनीतिक शक्ति एक आपसमा मिलेर नै नेपाल राष्ट्रको अस्तित्व जोगाउन र नेपाली जनताको हित गर्न लागोस भन्ने छ तर दलहरु आपसमा लड्ने र जेन जेडको सरकारलाई कमजोर बनाएर ढाल्ने राजनीतिक चलखेल गर्दछ भने नेपाली सेनाले प्रत्येक्ष हष्तक्षेप गर्न बाध्य बन्नु पर्नेछ ।

जेन जेडका नदेखिएका सहयोगीहरुले पनि जेन जेडको आन्तरिम सरकारलाई बचाउनको निमिक्त अन्तिम अवस्थामा नेपाली सेनालाई साथ सहयोग दिने पक्का छ । नेपालमा चलेको अहिलेको तरल राजनीतिक अवस्थामा नेपालमा भएका सबै राजनीतिक शक्तिहरु राजतंत्रवादी र स्वतंत्र वैदिक सनातनी हिन्दूधर्मका अनुयायीहरुले समेत एक आपसमा हातेमालो गरी नेपाल राष्ट्र र नेपाली जनतालाई उकास्ने र बचाउने काम गर्नुपर्छ । दलहरुले ३६ बर्ष सम्म नेपालको राजनीतिमा हलीमुहाली गरी चलाउँदै भ्रष्टाचार र अपराधमा संलग्न भएर अकुत कमाएका थिए तर त्यो केहि जेन जेडको आन्दोलन ताका गुमाएका पनि छन अब साथमा जे बचेकोछ त्यसैमा मन सन्तोष गरी फेरि त्यस्तै भ्रष्टाचारी वा अपराधी बन्ने सपना देख्न छाड्नु पर्छ ।

अब दलका शीर्ष नेताहरु र अन्य नेताहरुले पहिलेको जस्तो नेपाली जनताको साथ सहयोग पक्कै पनि पाउन सक्ने छैन । फेरि प्रधानमंत्री बन्ने राजनीतिक सपना देख्न छाडेर आफैले पहिले देखि गरेका भ्रष्टाचार, कूशासन र अपराधको परिणाम स्वीकार गरी सजाय भोग्न तयार हुनुपर्छ ताकि तपाईहरुको मरण सामन्य होस र परलोक वा अर्को जन्ममा त्यसको प्रभाव कम होस । जेन जेडको सरकारलाई बिदेशी र स्वदेशी सहयोग भएको र त्यसको संरक्षणमा स्वयम नेपाली सेना नै लागेको हुँदा दलहरुले त्यसलाई स्वीकार गरी राजा सहित सबै नेपालका राजनीतिक शक्तिहरु सित मिलेर अगाडि बढ्ने प्रयास गर्नुपर्छ ।

बिदेशी शक्तिले पनि नेपालका राजनीतिक दलहरुले गरेको भ्रष्टाचार र अपराधलाई रोकेर नेपालम सुशासन कायम होस भन्ने नै चाहेकाछन ताकि नेपालले पाईरहेको बिदेशी सहायताको दुरुपयोग बन्द भएर नेपाल राष्ट्रको बिकास र नेपाली जनता उन्नती भएको नै हेर्न चाहेकाछन । नेपाल राष्ट्रलाई कव्जा गरी नेपाल राष्ट्रको अस्तित्वलाई नै मेटाउने अभिप्राय बिदेशी शक्तिहरुबाट व्याक्त भएकोछैन । त्यसकारण दलहरुले फैलाएको भ्रमको पछाडि नेपाली जनता लाग्नु हुन्न ।

धर्म र सत्यको बाटोमा अगाडि बढेर दलहरुले पहिले देखि नै फैलाउने गरेको भ्रमको खेतीलाई चिरेर जेन जेडको सरकारलाई साथ सहयोग निरन्तर दिनुपर्छ । पाकिस्तान र अफगानिस्तानमा के भयो भन्ने कुराबाट शिक्षा लिएर भ्रष्टाचारी र अपराधी दलका नेताहरुलाई जेन जेडको आन्तरिम सरकारले कडा सजाय दिन अनाकानी गर्नु वा डराएर काम्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *