अब जेल जाने पालो मेयर बालेनको

राजनीति समाचार

रामचन्द्र बस्नेत
विश्व भूराजनीतिकै कारण कतिपय देशहरुमा सत्ता उथलपुथलदेखि आन्दोलनहरु भइरहेका छन् । युक्रेन र रुसबीचको युद्ध भर्खरै साम्य भएको छ । त्यसको असर नेपाललाई पनि थोरबहुत परिरहेकै थियो । नेपालको राजनीतिक अवस्थालाई हेर्दा छिमेकी मुलुकहरुले पनि गिज्याइराखेका थिए । त्योसँगै नेपालमा ब्यापक भ्रष्टाचार घुसखोरी भएको भन्दै गत भदौ २३ र २४ गते जेनजी पुस्ताले आन्दोलन छेड्दा ठूलो जनधनको क्षति हुन पुग्यो ।

त्यो क्षति हुनुमा काठमाडौंबाट निर्वाचित भएका स्वतन्त्र मेयर बालेन शाहको हात रहेको पाइन्छ । मेयर बालेनले नै जेनजी पुस्तालाई उक्साएर सिंहदरबारमा आगजनी गर्न लगाएको आरोप उनीमाथि लाग्न थालेको छ । सिंहदरबार जलिरहँदा स्थानीय सरकारका प्रमुख रहेका मेयर बालेन शाह रमिता हेरेर बसेका थिए । त्यसको असर अहिले नेपाललाई परिरहेको छ । बालेनले सिंहदरबार त जलाउन उक्साए नै त्यसपछि राजनीतिक दलका शीर्ष नेताहरुलाई बेलाबखत सामाजिक सञ्जालमा गाली बेइजत गर्दै आएका थिए ।

राजनीतिक दलका नेताहरुलाई गालिगलौज गरेसँगै गत शनिबार मध्यराति सामाजिक सञ्जालमा अमेरिका, भारत, चीन र नेपालका नेताहरुलाई अस्लिल शब्द प्रयोग गरी गालीगलौज गरेका थिए । अमेरिका र भारतसँग फोन सम्पर्क नभएपछि रातको समय पारेर बालेनले तथानाम गाली गरेका थिए । अमेरिका र भारतले पनि काठमाडौंका मेयर बालेन शाहलाई प्रयोग गर्दै आएका थिए । बालेनलाई प्रयोग गरेर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनाउन सफल भएका थिए । आज तीनै बालेनलाई भारत र अमेरिकाले पत्याउन छाडेका छन् । त्यसले गर्दा बालेनले आक्रोशित भएर सामाजिक सञ्जालमा जथाभावी मुख छाडेका हुन् । भारत र अमेरिकाको लागि नेपालमा प्रयोग हुने अर्कै पात्र खडा भइसकेका छन् । भारत र अमेरिकाको डिजानमा चल्ने पात्र फेरिपछि अब बालेनको जेल जाने पालो आएको बताइन्छ ।

उता, चितवनबाट दुई÷दुई पटक निर्वाचन जितेका रवि लामिछाने सहकारी ठगी काण्डमा जेल परेका छन् । कानुनी रुपमा रविले सहकारी ठगी गरेको व्यक्तिगत प्रमाण देखिँदैन । तर, उनलाई सहकारी ठगीसँगै अन्य विभिन्न मुद्दामा जेल चलान गरिएको छ । २०८४ को स्थानीय र प्रदेशको निर्वाचन हुने बेलामा रवि जेलबाट बाहिर आउने छन् र निर्वाचनमा भाग लिने छन् । त्यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अमेरिका र भारतले सहयोग गर्ने सम्भावना बढेर गएको छ । त्योसँगै डा. बाबुराम भट्टराई रास्वपामा प्रवेश गर्ने सम्भावना त्यत्तिकै छ । र, २०८४ को निर्वाचनपछि रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने खेलोफड्को भारत र अमेरिकाले गर्दै छ ।

यता, काठमाडौंका मेयर बालेन जेल जाने सम्भावना त्यत्तिकै छ । किन कि मेयर बालेनलाई सिंहदरबार र सर्वोच्च अदालत आगजनी गरेको र शीर्ष नेताहरुको घर आगजनी, तोडफोड र लुटपाट गरेकोमा सार्वजनिम मुद्दा नलाग्ला भन्न सकिँदैन । अर्कोतिर विभिन्न समयमा नेपालका राजनीतिक दलहरुलाई सामाजिक सञ्जालमा मनपरी बोलेको र गत शनिबार भारत, अमेरिका, चीनलगायत नेपालका राजनीतिक दलहरुलाई तथानाम गालीगलौज गर्दै अस्लिल शब्द प्रयोग गरेबापत साइबर क्राइमको मुद्दा नलाग्ला भन्न सकिँदैन । त्यसकारणले काठमाडौंमा मेयर बालेनको जति तुजुक थियो त्यो समाप्त भएको छ । त्यसले गर्दा बालेन शाह जेल जाने देखिन्छ भने उता रवि लामिछाने बाहिर आउने सम्भावना त्यत्तिकै बढेको छ । यसले गर्दा विदेशीहरुले कहिले बालेनलाई, कहिले रविलाई त कहिले राजनीति दलका नेताहरुलाई प्रयोग गर्दै नेपालमा खेल्न थालेका छन् ।

अमेरिकाले पनि नेपालमा एमसीसी लागु गरेपछि नेपाल आउनको लागि भारतीय बाटो प्रयोग गर्न खोजिरहेको छ भने भारतले पनि शक्तिराष्ट्रको गुहार मागिरहेको छ । अर्कोतिर छिमेकी मुलुक चीनले पनि नेपालमा बीआरआई लागु गर्नको लागि विगत लामो समयदेखि खोजिरहेको थियो । बीआरआई लागु गर्नुभन्दा पहिला एमसीसी लागु भएपछि नेपालसँग चीन रुष्ट हुन पुगेको थियो । आज चीनले पनि नेपालमा बीआरआई लागु गरिसकेको छ । त्यसले गर्दा पनि छिमेकी मुलुक भारत र चीनसँगै अमेरिकाले पनि नेपालमा डेरा जमाउन खोजिरहेको छ । त्यसकारणले गर्दा नेपालमा स्थायी सरकार भएको छिमेकी मुलुक चीन र भारतले देख्न चाहँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *