लेखकलाई पार्टीको जिम्मेवारी नदिन शर्माको सुझाव

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका खरो नेता डा. सुनिल शर्माले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पार्टीको गतिविधिमा पाँच वर्षसम्म क्रियाशील बन्न नदिन नेताहरुलाई आग्रह गरेका छन् । शर्मा जेनजी आन्दोलनले पु¥याएको धनजनको क्षतिको जिम्मेवारी सरकारमा भएका कारण कांग्रेसले लिनुपर्ने बताउने नेता हुन् । सांसद् छँदा पनि शर्माले आफ्नो पार्टीको तर्फबाट बनेका मन्त्रीहरुमाथि कडिकडाउ गर्थे । भ्रष्टाचारमा मुछिएका उर्जामन्त्री दीपक खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा र पर्यटनमन्त्री बद्री पाण्डेहरुको बखास्त अनिवार्य छ भन्ने शर्मा डा. शेखर कोइराला समूहका हुन् ।

विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहलाई आफ्नो पिताले देखाएको बाटो विपरित लाग्दा स्वर्गीय आत्माले सराप्ने परम्परावादी संस्कार झल्काउने शर्मा पनि नक्कली डाक्टर हुन् । आफ्नै लगानीको कलेजबाट चिकित्सा शास्त्रमा एमडी गरेको कुरामा सुनिल शर्मालाई कृष्ण प्रसाद सिटौला र उद्धब थापाको टोलीले सिआईबी लगाएर पक्राउ गराएको थियो ।

त्यो काण्डमा शर्मालाई भेट्न जाने झापाका दूर्गा प्रसाईं थिए । प्रसाईंँ पनि आफ्नो मेडीकल कलेजलाई सम्बन्धन दिलाउनका लागि एमाले अध्यक्ष केपी ओलीको पछि लागेर स्वार्थ पूरा गर्न खोज्ने पात्र थिए । आफू सत्तामा नहुँदा उनै प्रसाईंँको पक्षमा भएका ओलीले पार्टी क्रियाशील सदस्य नभए पनि प्रसाईँलाई केन्द्रीय सदस्य बनाएका थिए । तर, ओली सत्तामा आएपछि भने प्रसाईँको मेडिकल कलेजले डाक्टर पढाउन स्वीकृति नपाएपछि सर्वोच्च अदालतको सरण लिन पुगेका थिए ।

अहिले प्रसाईँ अराजक झुण्डको खेलमा लागेका छन् । राज्यद्वारा पक्राउ पर्दा प्रसाईँको पक्षमा सडकमा आउने मान्छे भएनन् । निवर्तमान सांसद् शर्मा र दूर्गा प्रसाईँले जेनजी आन्दोलनका दमनकारीमाथिको छानविनमा आलटाल हुँदा गौरी बहादुर कार्की आयोगप्रति पनि प्रश्न गरेका छन् । पैसा पनि छ, पार्टीमा डा. शेखरको पावर पनि भएकाले डा. सुनिलले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जेनजी आन्दोलनमा भाद्र २३ को विद्यार्थी हत्याको कारक तत्कालीन सरकार भएकोले कांग्रेसले ४० प्रतिशत दोषको भागिदार हुनुपर्ने बताएका छन् । अहिले उनै शर्मा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पार्टीको कुनै पनि जिम्मेवारी पाँच वर्षसम्म दिनुहुँदैन भन्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *