कार्की सरकारका मन्त्रीहरु ‘काम कुरा एकातिर, कोम्लो बोकी थिमितिर’

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन आउन ६५ दिन बाँकी रहँदा जेनजी प्रधानमन्त्री शुशिला कार्की अझै मन्त्रिमण्डल विस्तारमै व्यस्त छिन् । जब कि चुनाव घोषणा भइसकेपछि मन्त्रिमण्डल विस्तार र फेरबदल गर्न पाइँदैन । जेनजी आन्दोलनको मुख्य माग भनेको देशमा भ्रष्टाचार अन्त्य हुनुपर्ने, सुशासन काय गर्नुपर्ने र विषयविज्ञको आधारमा मन्त्री नियुक्ति गर्नुपर्ने थियो । तर, जेनजी सरकारकी प्रधानमन्त्री कार्की आफै ७३ वर्षकी छिन् । प्रधानमन्त्रीसँगै सञ्चार, खेलकुद र उर्जा बाहेक सबैमन्त्रीहरु ७० वर्षमाथिका छन् । उमेरमा ७० माथि त छन् नै मन्त्रीहरुलाई सम्बन्धित मन्त्रालयको ज्ञान पनि छैन ।

जेनजी आन्दोलनको मर्म र भावना अनुसार श्रममन्त्री राजेन्द्र सिंह भण्डारीलाई विज्ञताको आधारमा गृहमन्त्री बनाउनुपर्ने थियो तर प्रधानमन्त्री कार्कीले भण्डारीलाई श्रम र खानेपानी मन्त्रालयको जिम्मेवारी दिएकी छिन् । उता, बालनन्द शर्मालाई रक्षामन्त्री बनाउनुपर्नेमा परराष्ट्र मन्त्री बनाइएको छ । उनी नेपाली सेनाको पूर्वरथी भएकाले शर्मालाई रक्षामन्त्री बनाउनुपर्ने थियो । शर्मालाई सुरक्षा सम्बनधी जति ज्ञान छ, त्यति परराष्ट्रसम्बन्धी छैन । त्यसैगरी ओमप्रकाश अर्याललाई कानुन तथा संसदीय व्यवस्था मन्त्री बनानुपर्नेमा गृहमन्त्री बनाइएको छ । जब कि गृह प्रशासनप्रति अर्याललाई कुनै अनुभव छैन । उता, न्याय क्षेत्रबाट आएका अनिल कुमार सिन्हालाई उद्योगमन्त्री बनाइएको छ ।

पहिला न्यायालयमा बसेर काम गरेका सिन्हालाई पनि उद्योग, धन्दाप्रति कुनै ज्ञान छैन । त्यसैगरी खेलकूद क्षेत्रमा डन्डीबियो खेल्ने अनुभव पनि नभएका अनामनगरमा पुराना कपडा संकलन गरेर चोकमा थुपार्ने र ‘नहुनेले लानुहोस्, धेरै हुने यहाँ ल्याइदिनुहोस्’ भनेर सडकमा उभिने बब्लु गुप्ता खेलकेद मन्त्री बनेका छन् । उता, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङलाई जति ऊर्जाको ज्ञान छ त्यति सहरी विकास र भौतिकमा छैन ।

प्रधानमन्त्री सुशिला कार्कीले बनाएका अधिकांश मन्त्रीहरु ‘काम कुरा एकातिर, कुम्लो बोकी थिमितिर’ भनेजस्तो देखिएको छ । किन कि कार्कीले नियुक्ति गरेका मन्त्रीहरुमा एउटा क्षेत्रको विज्ञता, अर्को क्षेत्रको जिम्मेवारी भएको छ । त्यसले गर्दा विकास र सुशासनका कामहरु अलपत्र परिरहेका छन् । त्योसँगै जेनजीका मागहरु पनि लत्याइएको छ । उता, अर्थ, शिक्षा र स्वास्थ्य मन्त्रालयमा सम्बन्धित क्षेत्रमा दख्खल भएका व्यक्ति मन्त्री बनाइए तापनि ती मन्त्रालयका विकृति, विसंगति हटाउन सकेका छैनन् । उल्टै मनपरी ढंगले कर्मचारी सरुवा गर्ने, नातागोतालाई मालदार ठाउँमा पठाउने र कमिसन बटुल्नमा नै मन्त्रीहरु व्यस्त रहने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *