एमालेका कवाडी बोक्दै माधव

राजनीति समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई संकट थपिँदैछ । भारतमा पार्टीकै नेताको जडीबुटी व्यापार माथि मच्चाएको लुटको उजुरी नेपालले दबाए । समाजवादी प्रेस संगठनको अध्यक्ष त्यागेर प्रेस चौतारीमा प्रवेश गरेका विश्वमणि सुवेदीले खुलासा गरेका छन् ।

प्रेस स्वतन्त्रता भन्ने तर समाचार लेख्न नपाएपछि सुवेदी एमालेमा फर्किएको बताउँछन् । सुवेदीसहित बहुमत नेता कार्यकर्ता प्रेस चौतारीमा फर्केको दाबी उनको छ । समाजवादी पार्टीमा कुरा सुनेर माधव नेपालले प्रेम आले, धनबहादुर बुढा, किसान श्रेष्ठलाई समेत आर्थिक रुपमा ध्वस्त बनाएका छन् । नेकपा एस प्रयोगशाला बन्दैछ ।

समाजवादीमा चुनावमा जमानत जफत भएका स्थानीय तहको वडामासमेत चुनाव हारेकाहरु केन्द्रीय सदस्य स्थायी कमिटी र पोलिटव्यूरोमा समाहित गरेर पार्टी नबन्ने कुरा नेताहरु नै बताउँछन् । वामदेव गौतमले एकीकृत समाजवादीको पक्षमा जोड दिँदा अध्यक्ष नेपाल नै शंकालु भए । अब गौतम एमालेमा जाँदैछन् । प्रकाश ज्वाला, रामकुमारी झाँक्रीहरु गौतमका विश्वास पात्र थिए । उनीहरु पनि चुनावसम्म एमालेमै फर्किने अवस्था छ । नेकपा एसमा पहिरो जाने अवस्था छ । त्यहाँ बोल्न पाइँदैन भन्नेहरुले एमालेमा केपीको तानाशाहीकरणले भीम रावलहरु खेदिएको देखेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *