काठमाडौं । पूर्वपञ्चहरु वर्तमान सत्ता गठबन्धन भत्काउन कांग्रेसभित्र चलखेल गर्दैछन् । कांग्रेस नेतृ डा.आरजुको पद जोगाइदिने आश्वासन काका पर्ने पशुपति शमशेरको सल्लाहपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ ।
देउवा छैठौं पटक प्रम बन्ने त्यसको लागि एमाले अध्यक्ष केपी ओलीले जस्तो योजना ल्याए पनि सदर गर्न मन्त्रिपरिषद्का सदस्यहरुलाई सभापतिले घरमै डाकेर इतिहासमै कांग्रेसले नगरेको हप्तामा २ दिन पार्टी कार्यालय पुग्नैपर्ने जुन निर्णय गरियो त्यसको मुल उद्देश्य मुलुकमा वामपन्थी दबदबाको सूचना गाउँस्तरबाट कांग्रेसमा आउनुपर्छ भन्ने हो ।
संसदमा कांग्रेससँग मिल्न राप्रपा, रास्वपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र नेपाली कांग्रेस गरी कम्युनिष्ट पार्टीविहीन सरकार निर्माण गर्न जनमत पुग्ने आंकलन गरिएको छ । कांग्रेस ८८, रास्वपा २१, राप्रपा १४, लोसपा, नागरिक उन्मुक्ति, जनमतगरी १३७ पुग्छ । डा.अमरेश सिंह र अर्का स्वतन्त्र एक सांसद जोडिँदा १३९ पुग्छ । सरकार बनाउन संसदको बहुमत पुग्छ । वामपन्थी बिचको बेमेलको कारण नेपालमा राजनीतिक अस्थिरता बढेको छ ।