काठमाडौं । गत २०७९ सालको स्थानीय र प्रदेश निर्वाचनमा सर्वसधारण जनताले पाँच वर्षको लागि देश र जनताको पक्षमा काम पठाएका जनप्रतिनिधिहरु राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचित भागेका छन् । ती जनप्रतिनिधिहरुलाई आफ्नो दहमा पाँच वर्षको लागि निर्वाचित गराएर पठाएका थिए । स्थानीय र प्रदेशका अधिकांश जनप्रतिनिधिहरुले जनताको त्यो अभिमतलाई लत्याएर बीचैमा पदबाट राजीनामा दिएर आगामी फागन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार बन्न पुगेका छन् ।
आफ्नो कार्यकालको अवधि बाँकी छँदै राजीनामा दिएर जनमतको अपहेलना गरी प्रतिनिधि सभा निर्वाचनतिर हामफाल्नु भनेको अवसरवादको पराकाष्टा हो । त्यो अवसरवादको पराकाष्ट पुराना दलदेखि स्वतन्त्र व्यक्तिहरुमा पनि देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरु प्रतिनिधि सभामा जम्प गर्नु भनेको देश र जनताको सेवा गर्नु नभई आफ्नो स्वार्थपूर्ति गर्नु हो । त्यसको उदाहरण लिन सकिन्छ काठमाडौंका मेयर बालेन शाहलाई । साहलाई काठमाडौंका जनताले पाँच वर्षको लागि काठमाडौं विकास र समृद्धिको लागि मत दिएका थिए । तर, बालेनले जनताको मतलाई बीचैमा अस्वीकार गरेर आफ्नो व्यक्तिगत स्वार्थको लागि प्रतिनि सभाको उम्मेदवार बन्न झापा पुगेका छन् । काठमाडौंका जनताले दलका नेताहरुले विकास गर्न नसकेको भन्दै स्वतन्त्र उम्मेदवार बनेका बालेनलाई मत दिएका थिए । तर, आज त्यो जमत लत्याएर काठमाडौं छोडेर झापा पुगेका छन् ।
त्यसैगरी स्थानीय तहलाई बीचैमा अलपत्र पारेर प्रतिनिधि सभामा निर्वाचन लड्न जानेहरु काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) धरानका हर्क साङपाङ, भरपुरकी मेयर रेणु दाहाल र ओखलढुंगाकी अस्मिता थापालगायत ६ जना रहेका छन् । त्यस्तै प्रदेश सांसदहरुमा विभिन्न दलहरुबाट निर्वाचित भएका १४ सांसदले पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
जनताले एउटा तहको लागि मत दिएर पाँच वर्षको लागि निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरुले बीचैमा जनमतको अपहेलना गरेपछि उनीहरुलाई आगामी फागुन २१ को निर्वाचनमा मत दिने कि नदिने भन्ने दोधारमा जनताहरु परेका छन् । बीचैमा पद छोडेका जनप्रतिनिधिहरुमध्ये धेरैजसोले आफ्नो निर्वाचन क्षेत्र र जिल्ला नै परित्याग गर्नु भनेको असवरवादको नमुना हो । जनमतको कदर नगर्ने व्यक्तिहरुले देशको रक्षा कसरी गर्दछन् भन्ने प्रश्न आमसर्वसाधारणले गर्न थालेका छन् ।

