पोल प्रयोग गरेबापतको रकम भुक्तानी गर्नुपर्ने ठाउँ उल्टै ब्ल्याकमेलिङ

राेजगार विविध समाचार

काठमाडौं । नेपालका इन्टरनेट सेवा सञ्चालक संगठन ‘इन्टरनेट सेवा प्रदायक संघ’ले संघमा आबद्ध इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा बन्द गर्ने चेतावनी दिएको छ । आफ्ना ग्राहकले सेवा शुल्क भुक्तान गर्न एकदिन ढिला हुँदा पनि लाइन काटिदिने इन्टरनेट व्यवसायीहरुले तिनै सर्वसाधारण जनताको बलामा नेपाल विद्युत प्राधिकरणमाथि दबाब बढाउनका लागि दिएको चेतावनी हो ।

निरन्तर रुपमा उपयोग गरिराखेको सडकमा रहेका आफ्ना बिजुलीका पोलहरुको भाडा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भुक्तान गर्न विभिन्न बहाना बनाएर आनाकानी गरेको भनी प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कार्यालयको रुपमा उपयोग गरेको भवनहरुको विद्युत काटेर दबाब बढाउन थालेको छ ।

उता इन्टरनेट सेवा कम्पनीहरुले विद्युतको पोल उपयोग गरेबापतको रकम तिर्नुपर्ने ठाउँमा विभिन्न बहाना बनाएर पोलको भाडा समेत तिर्न आनाकानी गरेपछि प्राधिकरणले यस्तो इन्टरनेट सेवा कम्पनीहरुमाथि भुक्तानीका लागि दबाब बढाउन उनीहरुको कार्यालयको विद्युत् काट्न थालेको हो ।

लामो समयदेखि चल्दै आएको यो विवाद समाधान गर्न विद्युत प्राधिकरण, सञ्चारमन्त्रालय, उर्जामन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चारका उच्च अधिकारीहरु सम्मिलित एउटा कार्यदल गठन भएको थियो ।

तर, त्यो कार्यदलले दिएको सुझाव अनुसार पनि इन्टरनेश सेवा प्रदायक कम्पनीहरुले आफ्नो पोल उपयोग गरेबापतको भाडा तिर्न आनाकानी गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कार्यालय बसेको भवनको बिजुलीको लाइन काटेर दबाब दिने अवस्था सिर्जना भएको हो ।

प्राधिकरण यसरी दबाब दिन थालेपछि पोल उपयोग गरेबापतको भाडा तिर्नुपर्ने ठाउँमा सम्पूर्ण इन्टरनेट सेवा बन्द गर्ने धम्की दिएर इन्टरनेट सेवा प्रदायक संघले आफ्ना उभोक्तामार्पmत विद्युत प्राधिकरणलाई ब्ल्याकमेलिङ गर्ने बाटो अख्तियार गर्न थालेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *