मेरो एउटा साथी छ, चुप !

राजनीति समाचार

शिर्षक देख्दानबोल्नुस् भनेको चाँहीहोइन । यो सामाग्रीपढ्नेले सायद चुपलाई पक्कै चिन्नु हुन्छ । आज यसै विषयमाअक्षर पार्ने जमर्को गर्दैछु । विगत डेढ दशक देखि पत्रिकाकालागि निरन्तर लेखिरहेको छु । मनमालागेको कुरा लेख्छु । पहिलो लेख कपीमा लेखेरे कम्प्यूटरमा कसैंलाई टाइप गर्न लगाएको थिएँ । त्यो उदयपुरको वाँसवारी सामुदायिकवनमामाथिको हस्तक्षेप सम्वन्धमाथियो । त्यस पछि मैले कपीमाकहिल्यै लेखकोलागि लेखिन । सोझै कम्यूटरमा नैं लेख्ने. कोसिस गरें । वानी नैं पर्दै गयो । लेख्दा रहर लाग्छ । आनन्दआउँछ ।कति लेखें हिसाव छैन । शोखका कारण लेख्छु । अभिलेखकालागीपनि लेख्छु । तर्क वनाउन लेख्छु । सवाल केन्द्रीतधारणा लेख्न रुचीलाग्छ ।

विगत संझदा
भनिन्छ, विगतका कुरा संझनु भन्नु भनेको वुढ्यौलीको संकेत हो रे । जे सुकै होस् वुढ्यौलीहुनु पनि त भाग्य नैं हो नी । कतिपयमान्छे वुढ्यौलीहुन नैं पाएनन् । तर हामी त वालक, किशोर र युवापनि भैसक्यौं ।विगतका स्मृतीताजाआउनु नराम्रो संकेत पक्कै होइन । हरेक मानिसकाकथाहुन्छन् । मलाई पनि मेरा आफ्ना कथा संझदाआनन्दआउँछ । त्यहीकथा संझेर अक्षरमा पार्दैछु । त्यो पनिजन्मजिल्लाभन्दावाहिरको गतिविधिलाई संझदैछु । यो संझनादिनदिनै आउने गर्दछ तर केहीदिनअघि मेरो एक साथी र म भेट भैं फोटो खिचेका थियौं । अनीत्यसको भोलिपल्ट फेसवुक अपडेटले २०५५ सालमाघ ९ गते खिचेको फोटो देखायो । त्यो फोटो केहीवर्ष अघि मैले फेसवुकमाहालेको रहेछु । संयोग अहिले हामी २ जनाको फोटो खिचेको भोलीपल्टत्यो अपडेट देखायो । अनीत्यो साथीसँगको पहिलो भेट अनी त्यस पछिका सम्वन्धचलचित्रझै वग्नथाल्यो । अनीलाग्यो यस अंकमायहिविषयमा लेख्छु भनेर ।

वि.सं. २०५४ सालको माघ १ गते, सामुदायिकवनउपभोक्तामहासंघ, नेपाल (फेकोफन) मा हामीलाई सम्पर्क गर्न भनिएको थियो । दोलखाबाटै अन्तरवार्ता दिएर छनौट भएको थिंए, म । फेकोफनको कार्यालय पुरानो वानेश्वर पिपलवोट नजिकै थियो । शैक्षिकप्रमाणपत्रको फोटोकपीवुझाउनलगाइयो । अनीअन्तरवार्ता दिनलगाइयो । त्यसवाट १२ जनालाई छनौट गरियो । पहिलो चरणवाटछनौटमा परेका हामीलाई फेकोफनको वैठक कोठामा राखियो । म जस्तै प्रतिस्पर्धीलाई नियालेर हेरें । सवै अनुभवी देख्छु सवै भन्दा सानो र कलिलो त आफुलाई मात्रलाग्छ । मसँग ४३ केजीमात्रको ज्यानथियो । २२ वर्षको ।उचाइ ५ फिट २ इन्च । चारै तिर आँखाघुमाएर हेर्दा एक जनाभने म जस्तै पातलो केटो देखियो । अनीअलिकतिआशपलायो । परिचय त भयो तर कसैको नामपनियादभएनअझत्यो पातलो मान्छेको त नाम एक पटकभन्दा त अर्कै वुझें होला । नाम रहेछ “चुपवहादुर थापा” । पहिलो पटक यस्तो नाम सुन्दा के सहीवुझिन्थ्योर, दिमाखले चोक वहादुर वुझ्यो होला सायद । किनकी भरखरै भीमेश्वर नगरपालिकामा चोक वहादुर दाहाल मेयर हुनु भएको थियो । छनौटमा परेका हामी १२ जनालाई लिखित परिक्षादिनलगाइयो । एउटामात्रप्रश्नथियो “तपाई यो पदमाकिन योग्यहुनुहुन्छ?”

लिखित परिक्षा राम्रै भयो । लिखितपछिपुनः एक पटकअन्तरवार्ता भयो । त्यसबाट७जनाछनोट भयौं । हामी७जनालाई कैलालीमा सञ्चालनहुने सामुदायिकवनको प्रकृया सम्वन्धी २ हप्ते तालिममा सहभागी गराइयो । हामी (वाग्लुंगको हर्कवहादुर थापा, रामेछापको ज्ञानवहादुर गुरुङ, धादिङ्गको हरिहर उप्रेती, हुम्लाको कर्णवहादुर रोकाया, सिन्धुपाल्चोकको चुपवहादुर थापा, सुर्खेतकाऋषीरामथानी र दोलखाको म) लाग्यौं कैलालीरात्रीवसबाट । त्यस तालिमकाप्रशिक्षकको सिफारिस अनुसार ५ जनालाई सहजकर्ता पदमानियुक्तदियो, फेकोफनले । २०५४ फागुन ५ मा नियुक्तीपाएकाथियौं ।

तलवपाउने भैयो महिनाको चार हजार जवकीत्यो वेलामाअधिकृत स्तरको तलब रु. ३३०० थियो जस्तो लाग्छ । मेरो लागि यो रकमठुलो नैं थियो । मैलै कामको अनुभवविभिन्नखाल्को लिएको भएपनिहाजिर गर्ने जागिर खाएको थिईन । यो पहिलो थियो । हामीलाई शुद्धकर्मचारी होइन, अभियानकर्मीको रुपमाविकास गर्ने सोचका साथ स्वयंसेवी सहजकर्ता भनिनियूक्तिदिइएको थियो ।

त्यस बेला देखिको साथीको मेरो चुपवहादुरथापा । हाम्रो भेट हुँदा म ४३ केजीउनी ४४ को । हाम्रो सम्वन्धमाउतार चढावपक्कै आए । रिसराग पक्कै भएहोलान् । कतिपय बेलामा सहयोगी भैयो होलाकुनै समयमाप्रतिस्प्रधी । तर व्यबसायीजीवनमाचुपवहादुर थापा र मेरो अटुट रुपमा सहकार्य भैरहेको छ । ५,६वर्षसँगै जागिर खायौं । २०६० मा कफ्सन नेपाल स्थापनाभएपछि म अध्यक्षभएँ ।उहाँपनिटिममै वसेर कामग¥यौं । मैले फेकोफनको नियमितजागिरमा रहिन । उहाँले फेकोफनकाजागिर निरन्तरतादिनु भयो । २०७० सालसम्म निरन्तर दिनु भयो । त्यस पछिप्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र स्थापना गरे पश्चात फेकोफनको नियमितजागिरबाटवाहिर हुनु भयो । हामीजागिरे हुँदापनिअभियानकर्मी रुपमाक्रियाशिलहुन्थ्यौ । तालिमडिजाइन र सञ्चालनहाम्रो प्रमुखभूमिकाथियो । त्यस्तातालिमवनअभियानसँग सम्वन्धीतहुने गर्दथ्ये ।

उमेरका हिसावले म भन्दा केहीवर्ष भाई हो, चुपवहादुर थापा । तर हरेक कुरामा म भन्दाअगाडीहुनुहुन्छ । विवहा मेरो भन्दाअघि गर्नु भयो । एक छोरी र छोरा पनि मेरो भन्दाअघि नैं भए । मेरापनि संख्याभने उती नैं छन् । उहाँविद्यावारिधीगर्दै हुनुहुन्छ मैले सुरसार गर्ने कि नगर्ने सोचेको पनि छैन ।उहाँद्वन्द्व रुपान्तरणको क्षेत्र र शान्तीअभियानमाक्रियाशिलहुनुहुन्छ । म भने आंशिक राजनीति र केहीउत्पादनमाआधारित अभियानमााक्रियाशिल रहेको छु ।

विगतमानियमित भेटघाटहुन्थ्ये तर अहिले घटेको छ । तर पनि सामिप्यता नैं भएको महसुस हुने गर्दछ । असजिलो बेलामा सरसल्लाहहुने गरेको नैं छ । हामीविच कुरा गर्दा तिमीशव्दप्रयोग गर्दा मज्जाआउँछ र असलीपन जस्तो पनिलाग्दछ । उनी र मेरा कति धेरै किस्सा छन् । संझने र लेख्ने हो भने पुस्तककै आकार गर्न सक्छ । हामीले राम्रो पनिग¥यौं । वदमासी पनि ग¥यौं । तर वदमासी गरेका कुरा पनिहामीले सार्वजनिकग¥यौं । त्यो हाम्रो इमान्दारीताहो ।

चुप र म धेरै जिल्लामा सँगसँगै पुगेको थियौं । वारा वनव्यवस्थापनमा समुदायको सवालकालागि स्थलगतअभियानमालाग्यौं । त्यसै गरी दैलेखको नौमुलेमा ५ दिने तालिमचलाउनगयौं । त्यो तालिमको लागि ४ हजार २ सय बजेट व्यवस्थापन गरिएको थियो । त्यसमापनि ९ सय वचेको थियो । हामीसँगलगातार ४५ दिनतालिम संचालन गरेको अनुभवपनि छ । त्यसै गरी ५० घण्टाभन्दावढिगाडीलगातार चढेका पनिछौं । वाँदरको मासु खाएको, होटलले हामीलाई ठगेको अनीहाम्रो चलाखीले जस्ता धेरै किस्सा रहेका छन् ।

पहिलो पटकहामीले स्वीस परियोजनासँग सम्वन्धीत एक तालिम सञ्चालन गर्ने मौका पाएकाथियौं । यो मौका हाम्रातालिमे गुरु डम्वर तेम्बेले उपलव्ध गराउनु भएको थियो । तालिमे जीवन भरखर सुरु भएको बेलामाहामीलाई २ जनालाई २०५५ सालमा यो अवसर आउनु राम्रो थियो । त्यस माथिपनि ४ हजार मासिकतलबखानेले ७दिनतालिम सञ्चालन गरेको १० हजार पाएकाथियौं । यस्ता धेरै स्मरणताजा रहेका छन् । यी सवै एक अंकमा लेख्न संभवभएन ।
हामीले तालिमको डिजाइनग¥यौं । सञ्चालनग¥यौं । अभियानकाखाकावनाउयौं । सहयोगीबन्यौं । अभियानको हिस्सेदार भयौं । जुन बेलामाहामीले जागिर खाएकाथियौ तर हामीजागिरे मात्रै थिएनौं । त्यहीभएर अहिलेसम्म अभियानमाक्रियाशिल रहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *