नेपालमा हाजिर गर्ने विदेशमा सेकुवा पोल्ने कर्मचारी

राजनीति समाचार

काठमाडौं । नेपाल सरकारका एक उपसचिव २० महिनादेखि विदेशमा बसेर सेकुवा बेचिरहेका छन् । तर उनको हाजिरी नेपालमै धमाधम भइरहेको रहष्य खुलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतकै राष्ट्रिय सतर्कता केन्द्रले छड्के ग¥र्यो । उनी आवद्ध विभागलाई दुई दिनभित्र सम्पूर्ण जानकारी उपलब्ध गराउन पत्र थमायो । सतर्कता केन्द्रको पत्र पुगे लगतै भोलिपल्टै रकेटको गतिमा ती हाकिम नेपाल उत्रिए ।

उपसचिवले राज्यका निकायहरुलाई गुमराहमा राखेर ८ महिना अगाडि अष्ट्रेलिया पुगेर, उतै रमाइरहेका पशु सेवा विभागका उपसचिव डा नविन उपाध्याय घिमिरेको हाजिरी चाहिँ नेपालमा भइरहेको बिषय बाहिरिएपछि सर्तकता केन्द्रले दुई दिनभित्र जबाफ पेश गर्न पत्र पठाएको दुई दिन पछि ती उपसचिव पुल्चोकस्थित पशु सेवा विभागको कार्यालयमा झुल्किए । उपसचिवले लामो समयदेखि गडबडी गर्दै आएको भेटिएसँगै सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अगाडि बढेको छ भने उपसचिवलाई कीर्ते हाजिरी गरी जागिरबाट बचाउँदै आएका महानिर्देशक डा. रामनन्दन तिवारी उपर कीर्ते अनुसन्धान हुनुपर्नेमा मन्त्रालयमा तानेर उन्मुक्ति दिने प्रयास भइरहेको छ ।

कुनै पनि कर्मचारी ९० दिनभन्दा बढी अनुपस्थित रहेको खण्डमा निजामती सेवा ऐन, २०४९ को दफा ६१ बमोजिम कारबाही हुने व्यवस्था छ । तर उनीहरुलाई सेवाबाटै हटाउनका लागि स्पष्टीकरण सोध्ने र चित्त नबुझे जागिरबाटै हटाइने प्रावधान भएता पनि तिनै उपसचिवलाई सरकारी सेवाबाट निलम्बन हुनबाट बचाउनका लागि महानिर्देशक तिवारीकै मिलेमतोमा कीर्ते हाजिरी गर्न लगाई मासिक रुपमा तलब भत्ता समेत बुझिरहेको पाइएको छ । घिमिरे लगातार ८ महिना कार्यालयमा उपस्थित छैनन् । निजामती सेवा ऐन, २०४९ मा कुनै पनि निजामती कर्मचारी बिना जानकारी ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।

विभाग स्रोतका अनुसार, घिमिरे २०८२ वैशाख १ गतेदेखि असार २७ गतेसम्म बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहँदा पनि उनको हाजिरी भएको र सो अवधिमा समेथ लेखा अधिकृत चम्पा बिसीले वैशाख १ देखि असारसम्ममा मासिक ६८ हजार ५२३ रूपैयाँको दरले कुल २ लाख ५ हजार ५६९ रूपैयाँ तलब घिमिरेको खातामा पठाएको पाइएसँगै यो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारमा उजुरी परेको थियो ।

राष्ट्रिय सकर्तता केन्द्रले यसमा चासो देखाएसँग विभागकी उपमहनिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईको संयोजकत्वमा वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठ र शाखा अधिकृत कमल पन्थी रहेको तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । सो बिषयमा सरकारी निकायहरुले चासो राखेसँगै ०८१ चैत २८ गते बिहान त्रिवि विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गरेका उपसचिव घिमिरे ०८२ मंसिर १७ गते नेपाल फर्किएर यहाँ पाँच दिन बसेर फेरि उतै उडेका थिए । अध्यागमन विभागको ट्राभल हिष्ट्री हेर्दा उनी ०८१ चैत २८ गते बिहीबार अष्टे«लिया प्रस्थान गरेर १७ मंसिर ०८२ मा स्वदेश फर्किएको देखिन्छ तर उनी विदेशमा हुँदा समेत यहाँ उनको हाजिरी भइरहेको बिषयलाई गम्भीरतापूर्वकमात्र लिइएको छैन कि यो प्रकरणमा महानिर्देशक तिवारीलाई समेत अख्तियारले अनुसन्धान अगाडि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *