आगामी निर्वाचन नेपालीको नभई विदेशीको चाहनाअनुसार हुने

राजनीति समाचार

काठमाडौं । निर्वाचन नजिकिएसँगै दल र स्वतन्त्रहरु आ–आफ्नो प्रचारप्रशारमा उत्रिएका छन् । धेरैजसो सामाजिक सञ्चाल फेसनबुक र युटुबबाट प्रचारमा झुम्मिएको देखिन्छ । यसपटकको निर्वाचन पुराना दल हुन् अथवा नयाँ दल र स्वतन्त्रहरु सबैजसो राजनीतिक सिद्धान्त र विकास निर्माणका एजेन्डाभन्दा व्यक्तिगत सस्तोलोकप्रियताको प्रचारवाजी गरिरहेका छन् । विदेशीहरुले पनि दलका नेतालाईभन्दा स्वतन्त्र व्यक्तिहरुलाई प्राथमिकता दिएको देखिन्छ ।

सहकारी ठगीकान्डमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट निकालेर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन लगाइएको छ भने जेनजी आन्दोलनको नाममा सिंह दरबारदेखि राष्ट्रिय धरोहर ध्वस्त बनाउन लगाउने काठमाडौंका मेयर बालेन साहलाई राजीनामा गराएर रास्वपामा प्रवेश गराइ झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गराइएको छ । त्यसैगरी सर्लाही ४ मा नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई पठाइएको छ । तत्कालीन स्वतन्त्र सांसद् अम्रेसकुमार सिंहलाई कांग्रेस सभापति थापासँग प्रतिस्पर्धा गराइएको छ ।

चितवन ३ मा भरतपुरकी तत्कालीन मेयर रेणु दालहसँग रास्वपाकी सोभिता गौतमलाई भिडाइएको छ । त्यस्तै गोरखा २ मा डा. बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता गराएर रास्वपाका कविन्द्र बुर्लाकोटीलाई सहयोग गर्न लगाइएको छ । किन कि बाबु भट्टाराईले आफ्नो पार्टी छाडेर रास्वपालाई सहयोग गर्नु भनेको दक्षिण छिमेकी मुलुक भारतको इसारा हुन सक्छ । भट्टराई दिल्ली भ्रमण गरेर फर्किएपछि काठमाडौंका तत्कालीन मेयर बालेन साहलाई भेटेर जेलमा बसेका रविलाई भेटेसँगै जेलबाट निस्किनु त्यसको संयोग मानिन्छ ।

अर्कोतिर भारतीय मिडियाहरुले नेपालका भावी प्रधानमन्त्री बालेन र गृहमन्त्री रवि लामिछाने भनेर प्रचारवाजी गर्नुले पनि नेपालको राजनीतिमा विदेशीहरुको चलखेल भएको अनुमान गर्न सकिन्छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलन सरकार परिवर्तन गर्ने र प्रतिनिधि सभा विघटन गर्ने थिएन । तर, एकास्सी सरकार परिवर्तन र प्रतिनिधि सभा विघटन हुन पुगेको थियो ।

त्यसैगरी नेपाली कांग्रेसले १५ औं नियमित महाधिवेशन वैशाखमा गर्ने भनिरहँदा रातारात प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गरेर तत्कालीन महामन्त्री गगन थापालाई सभापति बनाउनुल त्यसलाई संकास्पद भएको मानिन्छ । तत्कालीन सभापति शेरबहादुर देउवाले यो निर्वाचनमा न त उम्मेदवारी नै दिएका छन् न त चुनावी प्रचारमा नै जाने भएका छन् । उल्टै विशेष महाधिवेशन अवैध भएको भन्दै कांग्रेसको राष्ट्रिय भेला बोलाउने तयारी गरिरहेका छन् । त्यसले गर्दा आगामी फागुन २१ निर्वाचन नेपाली जनताले चाहनाअनुसार भन्दा पनि विदेशीको चाहना अनुसार सम्पन्न हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *