काठमाडौं । माओवादीका नाममा चन्द उठाउने धन्दामा सफल दीनानाथ शर्मालाई यतिबेला भ्याईनभ्र्या भएको छ । मसालबाट विद्रोह गरेर माओवादी बनेका शर्माले जनयुद्धमा लागेको साँवाब्याज सबै शान्तिवार्तापछि उठाएका थिए । त्यसपछि उनी संविधान सभा सदस्य भए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा १८ महिना शिक्षमन्त्री भएर शिक्षा क्षेत्रको विकृति हटाउनेभन्दा बढाएकै हुन् । विद्यार्थी नेता रमेश मल्लका छोरा साजन र आफ्नी छोरी कल्पना शर्मालाई सचिवालयमा राखेर शिक्षामन्त्रीको तहबाट सिईभीटीई र मेडिकल कलेजमा विद्यार्थी भर्नाको नाममा पैसा उठाउने धन्दा चलाएका थिए । त्यतिबेला माओवादी निकट विद्यार्थी नेता हिमाल शर्मा पनि चर्चित थिए । पैसाबिना काम नगर्ने बाग्लुङका नेता दीनानाथ शर्मा र देवेन्द्र पौडेल आर्थिक मामिलामा खराब चरित्रका पात्र हुन् ।
बाग्लुङका दीनानाथ शर्मा र हिमाल शर्माको मिलेमतोमा शैक्षिक माफियाहरुसँग राम्रै आर्थिक संकलन गरेका थिए । दीनानाथले बाग्लुङ्गमा उप–चुनाव हुने भयो, त्यतिबेला उम्मेदवार बन्ने भन्दै काठमाडौं र पोखराका व्यवसायीसँग राम्रै चन्दा असुलेर बाग्लुङ्ग जाँदै गर्दा विरामी भएको नाटक गरेर अस्पताल भर्ना भई चन्दा रकम पचाएका थिए । उता पार्टीले अर्को उम्मेदवार खडा ग¥यो, यता शर्माले उठाएको चन्दा पच भयो । यस्तो कमाउ धन्दामा सफल दीनानाथलाई अहिले भ्याईनभ्याई हुँदेछ । अहिले उनकी छोरी कल्पना शर्मा काठमाडौं ५ मा माओवादीबाट उम्मेदवार बनेकी छिन् । पार्टीको जिम्मेवारी उनको काँधमा भएकाले नयाँलाई झैं यहाँको भूगोलसँग चिनजान गर्न परेन । छोरी उम्मेदवार बाबुलाई चन्दा उठाउन भ्याइनभ्याई भएको माओवादीको परिचय त्यहीँ हो । कल्पना र हिमालले काठमाडौंको उक्त क्षेत्रमा पार्टी संगठन ध्वस्त बनाएका छन् । पैसामा लुब्ध यी काठमाडौं ५ र ६ का उम्मेदवार हुन् ।
कल्पना पार्टीको नाममा टोखा नगरपालिकाको विकास योजानामा समेत एमाले र कांग्रेससँग मिलेर कुम्ल्याउन सक्ने बहादुर हुन् । स्थानीय तहको अघिल्लो चुनावमा मेयर पदमा उम्मेदवार बन्दा पनि पार्टीका पदाधिकारीले रुचाएका थिएनन् । स्थानीयवासीलाई वाइपास गरेर बाहिरबाट आएर रजाईँ गर्नेप्रति जनताले महत्व दिँदैनन् । माओवादीको उपत्यकामा संगठन नबन्नुको कारण पनि यहीं हो । बाबुको शक्ति छोरी कल्पना शर्माको लागि प्रयोग होला चन्दा राम्रै उठाएर कमाई होला तर कार्यकर्ता र समर्थकले चुनाव प्रचारमा भ्रष्ट बाबु–छोरीलाई लिएर हिड्ने स्थिति भने छैन । किन कि काठमाडौं ५ मा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र कांग्रेसका महामन्त्री प्रदीप पौडेल उनका प्रतिस्पर्धी छन् । कल्पना शर्मालाई पार्टीले एक वर्ष रसुवा खटाएको थियो । त्यहाँ पनि पार्टीको नाममा चन्दाको खेती गर्न दिनानाथ शर्मा जस्तालाई अवसर जुटेको थियो । संगठन बनाउनेभन्दा पनि बनेको संगठन भत्काउँदा मन खिन्न गर्ने निष्ठका धरोहर कार्यकर्तालाईभने मनमा शान्ति हुने छैन ।

