सुरक्षा निकायमा ‘सानालाई ऐन ठुलालाई चैन’

राजनीति समाचार

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुदैँछ । सो निर्वाचनको लागि सुरक्षाकर्मीहरु भटाभट खटिन थालेका छन् भने सुरक्षा निकायभित्रका केहि सुरक्षाकर्मीहरु चिन्तित हुन थालेका छन् । किनकी कतिपय सुरक्षाकर्मीहरु सोसफोर्स र भनसुनको आधारमा सुगममा बस्ने भएका छन् भने कतिपय सोसफोर्स र भनसुन नभएकै कारण सधैँ दुर्गम र हिमाल िजिल्लाहरुमा खटिन बाध्य भएको दुखेसो पोख्न थालेका छन् । विगतका निर्वाचनमा पहिलो पङ्त्तिमा नेपाल प्रहरी र दोस्रो पत्तिंमा सशस्त्र प्रहरी रहन्थ्यो भने तेस्रो पत्तिंमा नेपाली सेना रहने गरेको थियो ।

निर्वाचन मतदान केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको थियो । मतदान स्थलमा केहि झैझगडा र हुलदङ्ग हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण गर्न नसकेको खण्डमा नेपाली सेनाले प्रवेश गर्ने थियो । तर, यसपालीको निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सामेल हुने भएका छन् । यसले यसपालीको निर्वाचन सुरक्षित हिसाबले हुने आँकलन गरिन्छ । तर अधिकांश सर्वसाधारण जनताहरुले एक्कासी सेना परिचालन भएको कारण निर्वाचन शान्ती नहुने आँकलन सर्वसाधारणले गर्न थालेका छन् ।

त्यसले गर्दा सुरक्षाकर्मीहरुले भएरत निर्वाचन गराउनुपर्ने दायित्व उनीहरुको कादमा आएको छ । एकातिर यो अवस्था छ भने अर्काेतिर सुरक्षा निकायभित्र विगत लामोसमयदेखि विकृति र विसंगति बढेसँगै प्यापक रुपमा भ्रष्टाचार हुदैँ आएको थियो । त्यहि भ्रष्टाचारकै कारण गत भदौ २३ र २४ गतेको नयाँ पुस्ताको जेनजी आन्दोलनले प्रहरी कार्यालय र ट्राफिक प्रहरीहलाई बढि निशाना बनाएका थिए । त्यसले गर्दा ट्राफिक प्रहरी कार्यालय र प्रहरी कार्यालयहरु आगजानी भएपछि उनीहरु आफ्नो ज्यान जोगाउन कार्यालय छाडेर सुरक्षातर्फ लाग्नु परेको थियो । त्यस्तै, सशस्त्र प्रहरी र नेपाली सेनामा पनि विगत लामोसमयदेखि विकृति र भ्रष्टाचार फैलिदैँ गएको छ ।

तर, जेनजी आन्दोलनले नेपाली सेना र सशस्त्र प्रहरीलाई भने त्यति हानीनोक्सानी पु¥याउन सकेन । नेपाली सेना र सशस्त्रको तुलनामा नेपाल प्रहरी आक्रमणको निशाना बन्न पुग्यो । त्यो रोग पुनः नदोहोरेला भन्न सकिदैन । किनकी नेपाली सेनाभित्र पनि राशन खरिददेखि लत्ताकपडा खरिद, हातहतियार खरिदर सेनाको हेलिकप्टर मर्मत र सम्भारमा व्यापक रुपमा भ्रष्टाचार भएको समाचार पनि सार्वजनिक भएको छ । त्यसले गर्दा नेपाली सेनाभित्र पनि व्यापक असन्तिुष्टि छाएको छ । नेपाली सेनाभित्रको भ्रष्टाचार नत अख्तियारले छानबिन गर्न सकेको छ नत सम्बन्धित निकायले नै । नेपाली सेनाभित्र सोर्सफोर्स र भनसुन नभएका व्यक्तिहरु सधैँ मिशनमा पर्ने गरेका छैनन् । सोर्सफोर्स र भनसुन भएका व्यक्तिहरु मशिनमा पर्ने गरेका छन् । नेपाली सेनामा जागिर खाने नेपालीहरु विगतका तुलनामा अहिले कम भएको बताइन्छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बलमा व्यापक भ्रष्टाचार अनियमितताको समाचार सार्वजनिक भएतापनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खासै चासो देखाएको छैन । त्यसले गर्दा चारवटै सुरक्षानिकायमा व्यापक रुपमा भ्रष्टाचार र अनियमितता हुदैँ आएको छ । सरक्षा निकायभित्र उच्च तहका कर्मचारी मोटाउने र तल्लो तहका कर्मचारीहरु सधैँ मारमा पर्ने भएकाले सुरक्षानिकायभित्र जागिर खानेहरु कम हुन थालेको सुरक्षा निकायका एक कर्मचारीले नाम नबताउने शर्तमा तामोकोशी सन्देशसँग गुनासो पोखेका छन् । हुन पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचर विभागमा कार्यरत कर्मचारीहरु सानालाई ऐन र ठुलालाई चैन भएको भन्ने उखान सुरक्षानिकायभित्र चरित्र भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *