नेपालको राजनीति विदेशीको चेपुवामा

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेपालमा जब निर्वाचन आउँछ अनि छिमेकी मुलुकहरुको चासो बढ्न थाल्छ । त्यो निर्वाचन नियमित होस् अथवा मध्यावधिक होस् । त्यसमा छिमेकी मुलुक भारत र चीनदेखि पश्चिमाहरुले चासो बढाउने गर्दै आएका छन् । यसपटकको निर्वाचन नेपालको वाध्यता र विदेशीको चाहनाअनुसार हुन लागेको निकाटिपप्णी हुने गरेको छ । निर्वाचनको अवस्था हेर्दा पनि त्यस्तै देखिन्छ । सरकारले निर्वाचनको तयारी गरिरहँदा केही नयाँ दल र स्वतन्त्रहरु उत्साहित छन् भने पुराना ठुला दलहरु वाध्यतामा अस्तित्वको लडाइँ लड्दैछन् । निर्वाचन आउन २९ दिन मात्रै बाँकी हुँदा पनि केही नेताहरु निर्वाचन हुने नहुने दुविधामा परिरहेका छन् । नेपालको निर्वाचन पश्चिमाको इसारामा हुन लागेको हल्ला चलेपछि छिमेकी मुलुक चीन र भारत शशंकित भएका छन् । अझै पनि निर्वाचन भाड्नको लागि विभिन्न तत्वहरुले खेलिरहेको आशंका गरिँदै छ । त्यसले गर्दा नेपालको राजनीति सधैं विदेशीको चेपुवामा परेर अस्थिरता बढाउने काम भइरहेको छ । त्यसलाई चिर्न नेपालका राजनीतिक दलहरु असफल हुँदै आएका छन् ।

आसन्न निर्वाचनमा पुराना दलहरुभन्दा नयाँ र स्वतन्त्रहरुको चलखेल बढी छ । रास्वपा र स्वतन्त्रबाट निर्वाचन लड्नेहरु राजनीतिक सिद्धान्त, भिजन र अनुभवी नेताभन्दा अराजनीतिक व्यक्तिहरुको भीड बढिरहेको छ । त्यस्ता अराजनीतिक व्यक्तिहरुले निर्वाचन जितेको खण्डमा मुलुक झन् अस्थिरतातिर धकेलिने चिन्ता सर्वत्र बढ्न थालेको छ । नागरिक सरकारका मन्त्रीहरु पदबाट राजीनामा दिएर दलबाट निर्वाचनमा होमिएका छन् । निर्वाचनमा होमिएका ती व्यक्तिहरु कुनै न कुनै विदेशीबाट सञ्चालित एनजीओ र आईएनजीओमा जोडिका छन् ।

त्यस्ता व्यक्तिहरुले निर्वाचन जितेको खण्डमा राष्ट्र, राष्ट्रियता र जनताको हितमा काम गर्ने भन्दा पनि विदेशीको चाहनाअनुसार काम गर्ने देखिन्छ । त्यसले गर्दा पनि नेपाललाई सधैं अस्थिर बनाउने र विदेशीले प्रयोग गर्ने खेल भइरहेको आशंक बढेको छ । राजनीतिक दलका नेताहरु पनि त्यस विषयमा चिन्तित देखिएका छन् । उता,सामाजिक सञ्जालमार्फत पुराना दलप्रति सर्वसाधारण जनतामा नकारात्मक भ्रम सिर्जना गर्ने काम भइरहेको छ । त्यसले जनतामा नेताभन्दा नयाँ छान्ने लहर चलेको देखिन्छ । यदि नयाँको लहरमा जनमत आएको खण्डमा मुलुक लगत दिशातर्फ जाने शंकेत बढेको देखिन्छ । त्यसले गर्दा सर्वसाधारण जनतासँगै राजनीतिक दल, प्रध्यापक, बुद्धिजीवी, पत्रकार, वकिल र नागरिक समाज सचेत हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *