विद्युतय गाडि भित्र्याउँदा अरबौं कर छलि राज्य मुकदर्शक

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले विद्युतिय गाडी आयातकर्ताले करछलि गरेको भन्दै पुनः बेरुजु देखाएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा भन्सार, अन्तशुल्क कर छलि गरि विद्युतिय गाडी आयात भएको भन्दै बेरुजूमा तानेको हो । यस्तो धन्दामा सबैभन्दा अग्रभागमा विनोद चौधरीहरु रहेका छन् । विगतदेखि नै करछलीमा माहिर रहेका चौधरी समूहले विद्युतीय सवारी आयातमा पनि करछली गर्ने गरेको पछिल्लोपटक पुष्टि भएको छ । अर्बपतिका रुपमा चिनिएका बिनोद चौधरीको कम्पनीले चीनबाट विद्युतीय सवारी आयात गर्दा राज्यलाई करोडौँ नोक्सान हुनेगरी करछली गरिरहेको भेटिएको छ ।

९ सिट क्षमताको विद्युतीय भ्यानलाई ११ सिट क्षमताको भन्दै करछली गरेको सीजी मोटर्सले अर्कोपटक फेरि एउटा एचएस कोडबाट ल्याउनु पर्नेमा कम कर लाग्ने अर्कै एचएस कोडबाट विद्युतीय भ्यान आयात गरेर करछली गर्दै आएको छ,चौधरी समूह । यस्तो धन्दामा अर्काे कम्पनी बीवाईडी अटो इन्डस्ट्रिज कम्पनी लिमिटेड’को नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले समेत रहेको छ । साइमेक्स इंकलाई २०८० मंसिर २२ गते मात्र कुल १ करोड १२ लाख २९ हजार ५ सय २० कर छली गरेको बिषय बाहिरिएको थियो । सो विरुद्ध उजुरी राजश्व न्यायधीकरणमा पुगे पनि मुद्धा हारे पछि कर तिर्न पर्ने स्थितिमा पुगेको हो । विआइडीले एक बर्षमै झण्डै दुई अर्ब कर छली गरेको बिषय बाहिरिएको छ ।

बहु चर्चित इभीले भन्सार छली गरेको काण्डमा तत्कालिन भन्सार विभागका प्रमुख सह सचिव शोभाकान्ता पौडेलको समेत मौन समर्थन रहेको तथ्य भेटिएको छ । बिवाईडी, चौधरी ग्रुपको सिजीसहितका कम्पनीले भने गाडीको क्षमता नै कम देखाएर राजस्व छली गरि गाडी भित्र्याउँदा तत्कालीन भन्सारका महानिर्देशक शोभाकान्त पौडेलले कुनै कारवाही नगरी उल्टै संरक्षण गरेको भेटिएको छ । यस्तै विआईडीलाई जोगाउनमा तत्कालिन राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बूढाको समेत महत्वपूर्ण हात देखिएको जानकारहरु बताउँछन्् ।

सो समयमा बिवाईडीले १५० किलोवाटको मोटर रहेको भएपनि ढाँटेर १०० किलोवाट भन्दै कर छली गरेको तथ्य खुलेको छ । यसरी एउटै गाडीको भन्सारमा १५ प्रतिशत फरक पार्दा सरकारलाई प्रतिगाडी करिब छ देखि नौ लाख रुपैयाँ भन्दा बढि भन्सार न्यून हुन आएको थियो । साईमेक्स इन्कले बिवाईडीका एउटै गाडीमा १५ प्रतिशत भन्सार शुल्क छली गरेको थियो । भन्सार छलीका लागि बिवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले भन्सारमा झुठो विवरण पेश गरेको थियो । यसमा साथ लिने प्रमुख पात्र हुन्, तत्कालिन भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेल । हाल उनी महालेखा नियन्त्रकका भूमिकामा छन् ।

यस पटक समेत विद्युतीय इभी गाडीमा ५ अर्ब कर छली भएको महालेखाले जनाएको छ । महालेखाले ६२ औं प्रतिवेदनमा पनि तातोपानी भन्सार नाका र रसुवागढी भन्सार नाकाबाट ३ अर्ब ७७ करोड बराबरको भन्सार छलि भएको भन्दै बेरुजू लेखेको थियो । ६३ औं प्रतिवेदनमा समेत झण्डै ५ अर्ब कर छली इभी गाडी आयातमै भएको महालेखाका अधिकारीहरुले जनाएका छन् । इभी गाडीमा कर छलि भएको विषय ४ जना भन्सार विभागका पुर्व महानिर्देशकहरुले स्वीकार गरेका छन् ।

इभी आयातकर्ताहरुले अर्थ मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म नै सेटिङ गर्न सक्ने भएकाले कर असुली गर्न नसकेको स्रोतको दावी छ । भन्सार विभागका पुर्व महानिर्देशक ढुण्डीप्रसाद निरौलाले इभी गाडीमा छलि भएको कर असुल गर्न भन्सार मातहतका कार्यालयहरुलाई पत्राचार गरेका थिए । यसरी पत्राचार गरेको केहि दिनमा नै अर्थ मन्त्रालयले निरौलाको सुरुवा गरेको थियो । यसैगरी, राजस्व अनुसन्धान विभागले नेपालमा चिनियाँ गाडी बिक्री गर्ने साइमेक्स इंक प्रालीले कर छलि गरेको भन्दै छापा मारेको थियो । तत्कालिन महानिर्देशक चक्र बहादुर बुढाले बिवाईडी गाडीमा कर छलि भएको भन्दै अनुसन्धान अघि बढाएका थिए । सो अनुसन्धान अघि बढाएपछि उनको सरुवा भयो । अहिले राजस्व अनुसन्धान विभागले सो कर छलिको फाइल लुकाएको आरोप छ । इभीको चास्नीमा भन्सारका तत्कालीन प्रमुख शोभाकान्तदेखि चण्डी घिमिरेहरुले राम्रै लाभ लिएको कर्मचारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *