देश चुनावतिर, मन्त्री चौलागाईँ कमाउ धन्दातिर

राजनीति समाचार

काठमाडांैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माधव प्रसाद चौलागार्ईँले सम्हालिरहँदा विकास निर्माणका कामभन्दा मन्त्रालयमा कमउ धन्दा फास्टाएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने म्यान्डेट पाएको सरकारका भौतिकमन्त्री चौलागाईँले आाफ्नो गृहजिल्ला जुम्लाको सडक डिभिजन कार्यालयमा काठमाडौं १ बाट सडक डिभिजन कार्यालयमा जुनियर इन्जिनियर श्रवण कुमार महतारालाई सरुवा गरेर कमाउधन्दा चलाइरहेका छन् ।

त्यसैगरी शिक्षामन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई भौतिक सचिव बनाउने गरी १० करोड रुपैयाँ प्रधानमन्त्री शुशिला कार्कीका निजी सचिव आदर्श श्रेष्ठलाई बुझाएको खुलासा भएको छ । तर, भौतिक सचिव केशव शर्माको जागिरे अवधि छोटो भएको कारण सरुवा गर्न नमिलेपछि शिक्षा सचिव पुडासैनी रनथनिएर ५ दिनसम्म कार्यालय गएका थिएनन् । अहिले उनलाई खानेपानी सचिव बनाइएको छ ।

उता मन्त्री चौलागाईँले सडक विभागका महानिर्देशक विजयराज जैसीलाई हटाएर जुनियर कर्मचारी ललितजंग खनाललाई महानिर्देशक बनाउने चलखेल भएको थियो । तर, उनीहरुको त्यो योजना पनि सफल हुन सकेन । अर्कोतिर मन्त्री चौलागाईँले १०० जना डिभिजन प्रमुख र आयोजना प्रमुखहरु फेरबदल गर्ने तयारीमा लागेको स्रोतले उल्लेख गरेको छ । जेनजी आन्दोलनपछि चुनाव गराउने एजेन्डा बोकेर बनेको सरकारका मन्त्रीहरुले चुनावी आचार संहिता उलंघन गर्दै जथाभावी कर्मचारी सरुवा गरेर आर्थिक लाभ लिने काम गर्दै आएका छन् ।

त्यसको डिजाइनमा भौतिक मन्त्री चौलागाईँका छोरा हरिहर चौलागाईँ, निजी सचिव प्रेम प्रसाद देवकोटा र सल्लाहकार एनजीओकर्मी अनिल बानियाँ लागिपरेका थिए । बानियाँ तत्कालीन वनमन्त्री ऐनबहादुर शाहीका स्वकीय सचिव थिए । उनीहरुको मिलेमतोमा भौतिक मन्त्री चौलागाईँले कमाउ धन्दा सञ्चालन गगरिरहेको स्रोतले बताएको छ ।

तर, उनीहरुको योजना केही सफल भएका छन् भने केही असफल भएका छन् । त्यसले गर्दा भौतिक मन्त्रालयको विकास निर्माणदेखि विभिन्न मर्मत संभारका कामहरु ओझेलमा परेका छन् । यो त एउटा उदाहरण मात्रै हो । अन्य मन्त्रीहरुको कमाउ धन्दाको त लेखाजोखा नै छैन । देशमा भ्रष्टाचार, विकृति, विसंगति हटाएर सुशासन कायम गर्ने नाममा बनेको जेनजी सरकारका मन्त्रीहरु झन् पहिलाका मन्त्रीभन्दा बढी भ्रष्टाचार गर्नेमा गनिएको खुलासा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *