काठमाडौं । पार्टी एउटा तर तीनजा नेताको तीनतिरको तानातानले यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीलाई जिल्ल बनाउँदै छ । मुलुकको शक्ति आफ्नै पोल्टामा ल्याउन पुष्प कमल दाहाललाई चक्मा दिने उद्देश्यले प्रगतिशिल लोकतान्त्रिक पार्टी खोलेका जनादर्जन शर्माले माओवादीबाट लगेको तीन चरित्र पनि एउटै ठाउँमा टिकाउन सकेनन् । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक बसेर युवाहरुलाई अगाडि सार्ने सहमति गर्दा पार्टी अध्यक्षमा आईएनजीओकर्मी दुर्गा सोबलाई देखाइयो । त्यहाँ रास्वपा त्यागेर प्रकाश परियार मिसिए । प्रचण्डलाई देखाउने सरक्षक बनेकाहरुको गाईजात्रे पारा पनि देखियो ।
आज जनार्दन शर्माले रुकुम पश्चिममा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका छन् । एमाले प्रचण्डलाई देखाउन शर्माको पार्टीको संगठन धरातल नभए पनि हुम्लाबाहेकका जिल्लामा गठबन्धन गरेको प्रचार गर्दैछ । जबकी प्रलोपाबाट उम्मेदवार बनेका मनऋषि धितालकै सहयोगमा एमाले छैन । डा. बाबुरामले कसलाई सघाउन उम्म्ेदवारी फिर्ता लिएका हुन् । गोरखा २ मा एमाले उम्मेदवार चक्रेमिलनको इतिहास राम्रो छैन ।
शर्माकै पछि लागेका सुदन किराती सुनसरीमा श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटोको वकालत गर्दैछन् । डा. भट्टराईले लिएको नयाँ शक्ति समाजवादी हुँदै प्रलोपा बन्यो । पार्टीमा तीन नेताले ताकपरे तिवारी नत्र गोतामेको व्यवहार गर्दा अरुको अवस्था के हुन्छ ? यो टोलीको धन्दा हिजो प्रचण्डलाई सराप्ने मोहन वैद्य, सिपी गजुरेलको जे हो त्यही नै हो । चुनावी एजेन्डा कसैका छैनन् । पहिलो तहका नेताहरुले जसरी पनि चुनाव जित्नै पर्ने भाष्य सिर्जना गर्दा ठूला पुराना दललाई सरापेर जनताको मत हात पर्छ भन्ने सोच्नु पनि भ्रम नै हो ।

