देउवा डा. शेखरको लाइनमा

राजनीति समाचार

काठमाडौं । आखिर नेपाली कांग्रेस आफ्नै नयाँ आएको युवाटोली आफ्नै नेतृत्वमा महामन्त्री कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको चुनाव प्रचारको लागि वरिष्ठ नेता डा. शेखर कोइरालालेसँगै लैजाने तयारी गरेको छन् । देउवाका पृर्यपात्रहरु मोहन बस्ने, तीपक खड्का, प्रकाशमान सिंह र रामहरि खतिवडाले मात्रै होइन चुनाव लड्ने पक्षमा भएर पनि श्रमती डा. आरजुले टिकट पाइनन् । विशेष महाधिवेशनले चुनेको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट अवैधानिक बनाउन खेटेका कृष्णप्रसाद सिटौला आफै थलिए । उजनको कोटामा टिकट लिनका लागि प्रदेश सांसद पदबाट राजीनामा दिएका कुन्दनराज काफ्ले र उमाकान्त चौधरीसम्मले टिकट पाएनन् ।

पुरानो नेतृत्वलाई उचालेर नयाँ नेतृत्वमाथि वैधानिकताको अंकुश लगथाउन तयार कृष्णप्रसाद सिटौलाको डिजाइन जब असफल भयो त्यसपछि केपी शर्मा ओलीको उक्साहटमा लागेका देउवा थन्केका हुन् । उनलाई पार्टीका लागि पनि चुनावी सभामा आतिथ्यता गर्ने वाध्यता छ । निक कि कांग्रेस शेरबहादुर देउवाको पेवा पार्टी होइन । परिवेश मिल्नै गयो भने कांग्रेसलाई जनताले पत्याए भने डेढवर्षपछि पार्टीकै बलमा संसदबाट राक्ष्ट्रपति बनाउ(न पहल गर्ने अहिलेकै नेतृत्व हो भन्ने कुरा डा. शेखरले बुझाएपछि शेरबहादुर चुनावी माहोल त्रुझ्न र पार्टीले आयोजना गरेको सभामा प्रमुख वक्ताको रुपमा उभिन तयार भएका हुन् । दलहरुको चुनाव प्रचार चम्कँदै छ ।

कांग्रेसका प्रदेश तहका कमिटिहरुले सभामा प्रमुख वक्ताका रुपमा कतै डा. शेखर कोइरालालाई कतै शेरबहादुर देउवा त कतै उप–सभापति विश्व प्रकाश शर्मालाई आमन्त्रण गर्ने भएका छन् । यस पटक झापा, सर्लाही, मोरङ्ग र चितवन बढी चर्चाको क्षेत्र बनेका छन् । किन कि ती जिल्लाहरुबाट कांग्रेस सभापति गगनकुमार थापा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीको दाबेदार व्यक्तिहरु उम्मदवार बनेका छन् । एमाले गण्डकी प्रदेशले केपी ओलीको तस्वीर नराखी चुनावी सभा शुरु गरेको छ । पार्टीको कमाण्डर ओली आफै भएकाले निर्वाचन परिचालन कमिटीमा विष्णु रिजालले अध्यक्षकै निर्देशनमा योजना बनाउने छन् । तर, कांग्रेसमा चुनावी कमाण्डरको जिम्मा उप–सभापति विश्व प्रकाश शर्माले. लिएका छन् ।

डा. शेखर कोइराला र शेरबहादुर देउवाले प्रदेशतर्फका सभालाई समवोधन गर्ने गरी कार्ययोजना बनाइने दावी कांग्रेस केन्द्रीय कार्यालय स्रोतले बताइरहेको छ । आफू अपनानित भएको कारण देउवाले नयाँ टीमलाई वधाइ दिन चाहेका छैनन् । तर, उनी निकटकै कतिपयले टिकट लिएर चुनाव लड्न गएका छन् । कतिले चुनाव प्रचार–प्रसारमा हिँडिसकेपछि शेरबहादुर वाध्यतामा परेका छन् । देउवालाई अझै राज्य सत्ताको कुनै न कुनै स्थान हात लाग्ने आशामा लागेको छ । देउवालाई अझै राज्यसत्ताको कुनै न कुनै स्थान हात लाग्ने आश हटेको छैन । गृहजिल्ला डडेलधुरामा आफ्नै भक्त ऐन महरलाई सघाउन देउावा पुग्नैपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *