नेपाल टेलिकममा हलचलः नयाँ प्रमुखको नियुक्तिले किन विरोध

राजनीति समाचार

काठमाडौं । केहीहप्ता अघि, २०२६ फेब्रुअरी ६ देखि रीना डंगोलले नेपाल टेलिकमको कार्यकारी प्रबन्धनिर्देशकको भूमिका सम्हालेकी छन् । उनीकम्पनीकी अपरिचित भने होइनन् उनले २०५१ सालमा इन्जिनियरको रूपमा सेवाप्रवेश गरेकीथिइन् र मुख्य प्राविधिक अधिकृतहुदै सन् २०२३ देखि कार्यकारी उपप्रबन्धनिर्देशक जस्ता भूमिकाहरू निर्वाह गर्दै माथिउक्लिएकीहुन् यसर्थ पनिउनलाई कम्पनीको भित्री कुराहरूमा राम्रो जानकारी राख्दछिन् ।

उनले ग्राहकहरूलाई प्राथमिकतादिने, कर्मचारी कल्याणमा ध्यानदिने र नेपाललाई डिजिटल रूपमा अगाडि बढाउने जस्ता कुरा गरेकी छन् जुन खडेरी परेको नेपाल टेलेकमकालागिआशाजनक नै हो ।उनलाई एक घरेलु नेतृत्वकर्ता जसले कमनिको सेवामा रहेको समस्या सम्बोधन गर्न, कम्पनीलाई स्तरोन्नति गर्न बिग्रेका चीजहरूलाई सुचारु रूपमाल्याउनतयार छिन् ।
यद्यपीउनको यो नियुक्तिलाई लिएर सबैले तालीबजाइरहेका छैनन्। पूर्व कार्यकारी प्रबन्धनिर्देशक सबिनामास्के प्रधान ले अनिवार्य अवकाश उमेर पुगेर फेब्रुअरी ४–५ तिर पद छोडेपछि कम्पनीको सामान्यनियमपुस्तिका समेत पालनानगरी संचार मन्त्रालयले रीना डंगोललाई घुमाउरो वाटो बाट छनोट गर्यो । जसले गर्दा कम्पनीमा ज्येष्ठता क्रममामाथिभएकाकर्मचारी माथिअन्यायहुन् गयो जसलाई कम्पनीको आफ्नै कर्मचारी सेवा सुविधा सम्बन्धिनियमावलीले समेत वरिष्ठलाइ पाखालगाई कनिस्ठलाई यो प्रकारको छलाङ मार्ने अनुमतिदिदैन ।

यसरी मन्त्रालयवाट नै कानूनको उपहास हुने गरेर नियमावलीलत्याइएकोमादुई ठूला कर्मचारी युनियनहरूले जोडदार रूपमाविरोध गरिरहेका छन् । युनियनले यस निर्णयलाई अनुचित, परम्पराविरुद्ध र वर्तमाननिर्वाचनआचार संहिताअनुसार पनिनमिल्ने भन्दै आएका छन् ।

युनियनहरूका बयानवाजिहरु मिडियामा छरपष्ट रूपमाआएका छन् । जसमा“यो निर्णयले कम्पनीभित्र रहेको कर्मचारीहरुको विश्वासलाई घात गरेको छ र यसले आगामीदिनमा खराब उनजिर स्थापनागर्दछ । नेपाल टेलिकमको २२औं वार्षिकोत्सवकार्यक्रममा (फेब्रुअरी ५–६ तिर), तीन ठूला युनियनहरूका कर्मचारीहरूले शान्त तर लक्षितमौन विरोध गरे । उनीहरूले प्लेकार्डहरू बोकेका थिए जसमा एक दशकभन्दा बढी समयदेखि अड्किएका कुराहरू मागहरु थिए । लामो समय बढुवा रोकिएको, कर्मचारी नियमहरूको अद्यावधिक नगरिएको ,कम्पनीले आफुसंग वाचा गरे अनुसारको पुरानो भुक्तानी नभएकाभत्ताहरू र बोनसहरू नदिएको साथै कम्पनीको हितको लागि पुरानो बिलिङ प्रणालीको सुधार नभएको, उपभोक्ताको हितमाध्याननदिएको र मन्त्रालयको यस किसिमको पेलाई प्रवृतिले कर्मचारीहरुको मनोबल बढ्न नसकेको जस्ता विषय वस्तु समेटिएको थियो ।

यस किसिमको विरोध भइरहदा सामान्य कर्मचारीहरू जसले शहरहरू, गाउँहरू र दुर्गम पहाडहरूमा सञ्जालहरू मर्मत सम्भार संचालनगर्दछन उनीहरुले आफ्ना नाजायज मागहरु पुरा नहुदा कम्पनीले उनीहरु माथिन्याय, सम्मान गर्छ भन्ने कुरालाई कसरी आत्म समिक्षा गर्ने ? र उनीहरूमा आफ्नो ऊर्जा खर्च गर्ने ठाउँले वास्तवमा आफूलाई मूल्यवान ठान्छ कि ठान्दैन भन्ने बारेमा समेत चिता र चासो देखिन्थ्यो ।

रीनाको गहिरो अनुभवलाइलिएर केहीले सरकारको यस किसिमको छनोटको बचावगरिरहेका छन् उनीहरु भन्छन सरकार कम्पनीमातुरुन्तै कामथाल्न सक्ने व्यक्तिचाहन्थ्यो जसले ५जी रोल आउट जस्ता ठूला चुनौतीहरू सामना गर्न सकोस । तर यो विचार लाइआमकर्मचारीहरु मान्नतयार छैनन् यस कार्यले पारदर्शिताको धज्जी उडाएको छ रविरोधको आगो भित्रभित्रै दन्किरहेको छ । अहिलेसम्म, मन्त्रालयले यो विरोधको आगोलाई शान्तपार्न बलियो सार्वजनिक स्पष्टीकरण समेत दिन सकेको छैन ।

नेपाल टेलिकमले लगभग हरेक नेपाली घरलाई छुन्छ र यो कनेक्सन, इन्टरनेट, रेमिट्यान्स, अनलाइनभुक्तानीहरूको लागिआधार पनिहो । यसलाई जे नामदिइएतापनि जब कम्पनीचलाउने मानिसहरू यसरी विभाजित हुन्छन् भने यो भरपर्दो सेवामानिर्भर रहने सबैलाई यस विषयमाचासो लाग्छ नै । डिजिटल अर्थतन्त्रनिर्माणका खातिर सबैतिर दौडिरहेको देशमा, यस प्रकार मन्चनगरिएको आन्तरिक नाटकले यो गतिलाई ढिलो बनाउने वाकर्मचारी मनोबललाई हानि पु¥याउने कुरा ध्रुव सत्य हो र यो नै अन्तिम कुरा हो ।

आजकादिनसम्मआइपुग्दाकम्पनीको वातावरण तनावपूर्ण रहेतापनियसले विस्फोटक रुप लिइसकेको छैन । अझै पूर्ण हड्तालवाबन्दहरू का कार्यक्रमआइसकेको छैनन् तर यसकालागीयुनियनहरूलाइ संवादको लागि प्रेशर दिइरहेको बुझिएको छ । कम्पनीमा ज्येष्ठता मात्र सवै थोक होकी , योग्यता र अनुभवपनि? नेपालका सार्वजनिककम्पनीहरूमायीप्रश्नहरू बारम्बार आउँछन् र यस पटक हजारौं टेलिकमकामदारहरूकालागि यो विषयले निल्नु न ओकल्नुको स्थितिमा पुर्याएको जसमा बुढी मारी भन्दापनिकालपल्केलाभन्नेमा सवै चिन्तित देखिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *