जता गएपनि डूकुछाप

राजनीति समाचार

काठमाडौैं । मान्छे हठी छ, व्यवहारमा इमान्दार कार्यकर्ताले रुचाउने भनेर नहुने रहेछ । जनताले नरुचाए चुनाव जितिँदैन । पार्टीले नचाहे टिकट पाइँदैन । त्यहीँभित्र हुने षड्यन्त्रको जाला फरक छ । नेकपाका ठूला नेता वामदेव गौतमले टिकट लिने हिम्मत गरेको प्यूठानमा नै चुनाव लड्न चाहँदा नेकपाको प्रेस सेन्टर मार्फत् पत्रकार भेटघाट कार्यक्रम गर्न लगाएर एमाले केन्द्रीय सदस्य सूर्य थापाले खेलखेलेको कुरामा वामदेव तर्केका छन् । उनका लागि पार्टीले कतै छेकेन । वदिर्या ३ मा उनी जाने हिक्मत गरेनन् । त्योबेला त्यहाँ ईश्वर पोख्रेल, खड्ग ओलीले पार्टीलाई नै गौतमको असहयोगमा उतारे । त्यो कुरा उजुरी हाल्दा सुनुवाई नै भएन । हिजो कार्यकर्ता डूकुछाप हुन्थे आज नेता डूकुछाप बन्दैछन् ।

वामदेवलाई आफू कमजोर बन्दै जाँदा माधव नेपाल र प्रचण्डलाई खोजेका एमाले अध्यक्ष केपी ओलीले श्रीमती तुलसा थापालाई प्रयोग गरेर भए पनि वामदेवलाई आफ्नो लागि कतै सुरक्षित हुन सक्थ्यो । तर, केपी ओलीले हेपेका वामदेव सधैं हेपाईमा परेका छन् । उनलाई नेकपामा राम्रै ूस्थान छ । तर, चुनावी कमाण्डर बन्ने उनको रहर छ । नेकपाले त्यो तयारी पुरा गर्न आजबाट दलीय प्रचारकोे माहोलमा बामदलेवलाई कसरी प्रयोग गर्छ र गरिन्छ भन्ने हो ।

अहिले वामदेवका धेरै कार्यकर्ता एमालेमै छन् । जो एमाले भए तीनले बाजी मारे । कोही पार्टीमा अध्यक्षका भक्त छन् । योगेश भट्टराई दास भएनन्, सुरेन्द्र पाण्डे विकेनन् । रामकुमारी झाक्रीले एमालेमा फर्केर बाजी मारेकी छिन् । कृष्ण कुमारको जात्रा छ । रुपनारायण अस्ताए, राजेन्द्र राई त आजपनि माधवको पक्षधर छन् । डूकुछापको पछि लाग्ने धेरैको अवस्था सतयनास भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *