एनसेलको लाइसेन्स नविकरण सन् २०२९ सकिँदै
काठमाडौं । सरकारी स्वामित्वमा रहेकोे स्मार्ट टेलिकमको अर्बौ फुत्काउनका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले गम्भीर छल र हदैसम्मको बदमासी गरेकोपाइएको छ । यस्तो बदमासीमा मुछिएका बैंक र त्यहाँका सदाबहार सिइओ पृथ्वी र ज्योती पाण्डेहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नरको धाप रहँदा बदमासी झनै मौलाएको वित्तिय क्षेत्रमा चर्चा र परिचर्चा हुन थालेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सरकारले स्वामित्व लिइसकेको स्मार्ट सेल (स्मार्ट टेलिकम प्रालि) को नाममा धितोमा रहेका दूरसञ्चार उपकरण लिलाम गरेर चार अर्ब ६० करोड रुपैयाँ ऋण असुली गरेपछि बैंक, सरकार र नियामक निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको हो । स्मार्ट टेलिकमले अर्बौ बराबरको नविकरण दस्तुर तथा कर नतिरेपछि सरकारले २०८० सालको पहिलो साता लाइसेन्स खारेज गरेर सरकारी स्वामित्वमा ल्याएको थियो ।
स्मार्ट टेलिकम सरकारी स्वामित्वमा आएको २ वर्षपछि पनि एनआईएमबीले भने सरकारलाई छलेर शंस्कास्पद ढंगले स्मार्ट टेलिकमकै पुरानो व्यवस्थापनसँग कागज आदानप्रदान तथा लेनदेन गरेको पाइएको छ । स्मार्ट टेलिकमका अध्यक्षका रुपमा सर्वेश जोशीलाई अगाडि सारिएको छ । लिलामी प्रक्रियामा टान्सगेट टेक प्रालि, प्रोफेसनल बिजनेस नेटवर्क प्रालि र एनसेल आजियाटा प्रालिले बोलपत्र पेस गरेका थिए । टान्सगेट टेकले ४४ करोड २० लाख रुपैयाँ र प्रोफेसनल बिजनेस नेटवर्कले ४२ करोड ५० लाख रुपैयाँको प्रस्ताव गरेका थिए । तर एनसेल आजियाटा प्रालिले ती सबै उपकरण चार अर्ब ६० करोड रुपैयाँमै खरिद गर्ने प्रस्ताव पेस गरेपछि बैंकले सोही प्रस्ताव स्वीकार गर्दै सम्पूर्ण उपकरण एनसेललाई बिक्री गरेको छ ।
भावना सिंहका श्रीमान सतित्लाल आचार्य हुन् । उनैको कम्पनीले ८० प्रतिशत एनसेलको सेयर किन्ने प्रयास गरेको थियो । सरकारले नियमतः अब केही वर्षभित्र एनसेल स्वतः सरकारी स्वामित्वमा आउने भन्दै सेयर खरिद बिक्री गर्न बन्द गरेपछि सतितलाले ८० प्रतिशत सेयर किन्ने योजना भने सफल हुन सकेको छैन । सरकारको ३० अर्ब बराबर नतिरेका उनले ठूलो चलखेलका आधारमा आफ्नो नामको स्वामित्व नै नभएको विषयमा पनि बैंकलाई पत्र लेखेको स्रोतको दावी छ । सामान्यतया कुनै पनि ऋणीले आफ्नो सम्पत्ति बेचेर खाउँ, सस्तोमा बेचे पनि उजुरबाजुर गर्दिन भनेर कहिल्यै पनि भन्ने गरिएको पाइदैन । तर, कानुनी हैसियत नै नभएको सरकारी स्वामित्वको स्मार्ट टेलिकमले भने पुरानै छाप लोगो प्रयोग गरेर आफ्नो स्वामित्वमा नै नभएको सम्पत्तिमाथि नै धावा बोलेको छ । यो प्रकरणको पर्दा पछाडी भने भयानक खेल रहेको बुझ्न सकिन्छ ।
स्मार्ट टेलिकममा भावना सिंह श्रेष्ठको १० प्रतिशत सेयर रहेको थियो भने उनका श्रीमान सतिशलाल आचार्यको पनि १० प्रतिशत रहेको थियो । कम्पनी लगभग खारेज हुने स्थितिमा पुगेपछि उनीहरुले सर्वेश जोशीलाई उक्त सेयर नामसारी गरेका थिए । स्मार्ट टेलिकमको जुन सम्पत्ति एनआईएमबीले बेचेको थियो त्यो किन्ने पनि एनसेल नै रहेको छ । एनसेललाई स्मार्ट टेलिकमको सम्पत्ति कुनै पनि हालतमा बेच्नुपर्ने र एनआईएमबीको कालोसूचीबाट उम्कनुपर्ने बाध्यता रहेको थियो । यो अवस्थामा कालोसूचीमा राख्नुपर्नेलाई राष्ट्र बैंकले चोख्याईदिएको पाइन्छ ।

