प्रतिनिधिसभा निर्वाचन : नागरिक मतदाता भेटघाटमा

राजनीति लेख

भोला खतिवडा

मुलुक भर निर्वाचनको माहौलछ । प्रचारको अभियानचलिरहेको छ । हामीनिर्वाचनअभियानअन्तरगतप्रचारमा व्यस्तछौं । भीेमेश्वर नगर स्तरीय निर्वाचन परिचालनकमिटी संयोजकभएकानाताले पनिक्रियाशिलहुन जरुरी छ । नेकपाएमाले भीमेश्वर नगर कमिटी र ९ वटै वडाकमिटीका वैठकहरु वस्यो । यतिबेलाचाँहीनागरिक मतदातासँग भेटघाटअभियानचलिरहेको छ । हामी सम्वन्धीतवडाकाजुनतहको नेताभएपनिआफ्नै वडामा केन्द्रीतभएकाछौं । ससना टोलीवनाएर घर घर वानागरिक जहाँछन् जहाँछन् त्यहीपुग्दैछौं । त्यहीको कुनै घरमा सामानाकिन्देर वा सामान्य पैसा तिरेर खानापकाएर खान्छौं ।

प्रचारको तरिका
विगतकाप्रचार अभियानमाचुनावी सभाहुने गर्दथ्ये । यस पटकत्यस्तो देखिएको छैन । देखिने पारा पनि सुनिएको छैन । ससना वैठक तथा भेटघाट, घरदैलो भेटघाटमापार्टी कमिटीहरु लागेका छन् । उम्मेदवारको भेटघाटलाई टोलगत गर्नेे प्रयास भएकोे छ । लामालामाभाषण छैनन् ।सामाजिक सञ्जालको प्रचारलाई व्यापकतादिइएको छ ।

प्रचारको नजिकिँदै जाँदा राजनीतिकबजारमा सबैभन्दा धेरै सुनिने शब्दहो“नयाँ”। नयाँपार्टी, नयाँउम्मेदवार, नयाँअनुहार। मानौँ, “नयाँ”शब्दआफैं परिवर्तनको ग्यारेन्टीहो। तर प्रश्नउठ्छको नयाँहो?एकपटकपनिचुनावनलडेको मान्छे नयाँहो कि नयाँ दृष्टि र एजेन्डाबोक्ने नै नयाँहो?पार्टी स्थापनाभएको कतिवर्षसम्म नयाँहुन्छ?झण्डा र चुनावचिन्हएउटै भएको नयाँहुन्छ कि ?महाधिवेशन नैं टारेर आफै नेता भैरहने पार्टी नयाँहो की?नियमितवाआवधिकअधिवेशन गरी नीति र नेतृत्व चयन गर्ने दल नयाँहुन्छ?

पटकपटकनिर्वाचनजितिसकेको, मन्त्रीभइसकेको व्यक्तिआफूलाई नयाँभन्छभने त्यो कति अर्थपूर्ण हुन्छ? २०७९ सालमा स्थानीय सरकारको प्रमुखभइसकेका व्यक्तिनयाँहुन सक्छ?पटक–पटकनिर्वाचनजितेका, स्वतन्त्र हैसियतबाट समेत विजयीभइसकेका अमरेश सिंह जस्ताव्यक्तिलाई नयाँभन्नमिल्छ?पटकपटकनिर्वाचनहारेका नयाँभन्नमिल्छ?यदिअनुभव नै छैन भने त्यो नयाँपनहो कि अपरिपक्वता?

जसरी “स्वतन्त्र”भन्ने शब्दलाई राजनीतिकब्रान्डबनाइयो, अहिले “नयाँ”शब्दपनिहाइज्याकभइरहेको देखिन्छ। बजारमा एउटाभावनात्मकलहर छ—“धेरैलाई हे¥यौं, अब एकचोटिनयाँलाई हेरौं।” तर नयाँका एजेन्डा के छन् ?नीति के छ? दृष्टि के छ?यीप्रश्नहरूमाखासै बहसभएको छैन। देश सञ्चालनप्रयोगशालाहोइन, नागरिकको भविष्यकुनै परीक्षणको विषयहोइन। मानिसलाई हानि गर्न सक्ने वस्तु एकचोटिप्रयोग गरौँ भन्ने सोच जति जोखिमपूर्ण हुन्छ, नेतृत्वचयनमापनित्यत्तिकै सजगताआवश्यकहुन्छ।

तथ्यांकमा विकास
अर्कोभाष्यनिर्माण गरिएको छ“पुरानाले केही गरेनन्।” तर के साँच्चै केहीभएन त ?२०४६ सालमा७हजार ३ सय ३० किमी सडक थियो ।अहिले ठुलाठुलासडकहरु ३६ हजार भन्दावढिकिमी रहेको छ । सवै खाले सडकको हिसाव गर्ने हो भने १ लाखकिमी रहेको छ । २०५२ सालमा २५ प्रतिशत नेपालीले आधाघण्टाको दूरीमापक्की सडक भेट्न सक्थ्ये अहिले ८० प्रतिशतभन्दावढिले त्यो सुविधाप्राप्त गरिरहेका छन् ।

२०४७ सालमा २२७ मेगावाटउत्पादन भैं १४ प्रतिशतजनतामाविधुत्को पहुँच रहेको थियो । हाल ३४०० मेगावाटउत्पादनभएको र ९७प्रतिशतभन्दावढिजनतामाविद्युत्को पहुँचपुगिसकेको छ ।
२०४६ सालमा७१ हजार ५ सय ६० टेलिफोन लाइनथियो । अहिले मोवाइलभनेको फोन भन्ने भाष्यवनिसकेको छ । ३ करोड भन्दावढिमोवाइल सेट तथासिम सञ्चालनमाआएकाछन् । २०४६ सालसम्म रेडियो नेपालको विकल्पथिएन । त्यसको पहुँचसिमित क्षेत्रमामात्रै थियो । अहिले एफ एम रेडियो, टेलिभिजन संख्याएकिन गर्न पनि धेरै समय लाग्नेछ । हातहातको मोवाइलमाविश्व लुकेको छ ।

२०५२ सालसम्म ४५ प्रतिशत नेपालीले मात्रआधाघण्टाको दूरीमा स्वास्थ्य सेवा केन्द्रको सेवापाउँथ्थे अहिले सो आंकडावढेर ७१ प्रतिशतनाघिसक्यो । २०४७ सालमा नेपालीको औसत आयु ४७बर्ष थियो । अहिले ७० वर्ष नाघि सकेको छ । बालमृत्यू दर २०४७ सालमाप्रतिहजारमा १ सय २८ थियो । २०८० सम्म आइपुग्दाप्रतिहजारमा २१ जनामात्रै देखिन्छ ।

केही समय दोलखातिर हेरौं । २०४८ सालमा ८० किलोमिटर सडक थियो। आजकरिब २हजारकिलोमिटर सडक सञ्जालविस्तार भइसकेको छ, झण्डै ३०० किलोमिटर पिच सडक छ। ७४ मध्ये ७० वटै वडाबाटतीनघण्टाभित्रजिल्ला सदरमुकामपुग्ने अवस्था बनेको छ। त्यतिबेलाविद्युत् सदरमुकामआसपासमापनिथिएन, आजअधिकांश घरमा विद्युत् पुगेको छ।दोलखाजिल्ला नैं हाइड्रो हबभएको छ । ८÷१० वटामात्रमाध्यमिकविद्यालय रहेको अवस्थाबाट हरेक वडामामाध्यमिकविद्यालयरहेकाछन्। डाक्टर, इन्जिनियर, प्राविधिकजनशक्तिउल्लेखनीय रूपमाबढेको छ।

पहिले साहुको अगाडिहातपसार्नुप¥थ्यो, अहिले टोलटोलमा सहकारीछन् । १० अर्ब भन्दावढि रकम सहकारी मार्फत परिचालन भैरहेको छ । पहिलारेडियो नेपालको विकल्पथिएन, आजजिल्लाभित्रदर्जनको हाराहारीमा रेडियोहरु सञ्चालन भैरहेका छन् । हातहातमामोबाइल छ, विश्वकाकुनै पनिकुनामा घटेकाघटनाबारे तत्कालजानकारी पाउने अवस्था छ। यी परिवर्तन आफैं भएकाहुन् त?बिना सोच, बिना योजना सम्भव भएकाहुन् त?

समृद्धिनाप्ने आधार पाँचवटाहुन्छन् । प्राकृतिक, मानवीय, आर्थिक, भौतिक र सामाजिक सम्पत्तिलाई लिने गरिन्छ। यीपाँचै क्षेत्रमानागरिकको पहुँचबढेको छ। असमानतादेखिएको छ, खाडलठूलो भएको हुन सक्छ, तर समग्र सूचकउक्लिएकाछन्। यदिविकास शून्यथियो भने यीउपलब्धि कसरी आए?

विकास र पद्धती
बहुदलपछिबनेका सरकारले पञ्चायतले ढुकुटी रित्तो बनाएको भनिएको थियो । जब २०५१ सालमाआएको “आफ्नो गाउँआफै बनाउने” अवधारणाआयो । हरेकगाविसमातीनलाख रुपैयाँपठायो। त्यहीपृष्ठभूमिबाटगाउँगाउँमा सडक र पूर्वाधार विस्तार भएको हो । त्यतिबेलाजेष्ठनागरिकलाई मासिक १०० रुपैयाँदिने निर्णय भयो। धेरैले “कनिका छरेको” भने। आजत्यो व्यवस्था संस्थागतभइसकेको छ। यदित्यो सोच नभएको भएआजको यो अवस्थासम्भव हुन्थ्यो?कदापिहुँदैनथ्यो।

तर यी सवै आफैं हुन्थ्ये, सिस्टमले भएकाहुन् भन्ने गरेको सुनिन्छ । राम्राकामजतीसिस्टमले नराम्राजती पुरानादलले भन्ने भाष्यबनाउने कोशिस गरिएको छ । यस सन्दर्भमा पुरानो कुरा स्मरणमाआइरहेको छ । हामी सानो छँदागाउँखाने कथाभन्थ्यौँ । सहिउत्तर नआएमागाउँमाग्ने चलनहुन्थ्यो । अनी“ यो गाउँको सेरोफेरो मेरो, राम्रा कुरा जति मेरा, नराम्राजति तेरा।” भन्दै उत्तर भन्ने गरिन्थ्यो । अहिले राजनीतिकभाष्यपनित्यस्तै देखिन्छ। राम्राभएकाविकासवाकाम“आफैंभएका”भन्ने तर नराम्राजति“पुरानादलका कारणले” भन्ने गरिएको छ । यो निष्पक्षविश्लेषणहोइन, भावनात्मकआरोप हो।

नयाँपनअनुहारमा होइन, सोचमाहुन्छ। संस्थावाव्यक्तिनयाँहो कि होइन छुट्याउने आधार उसको एजेन्डा, दृष्टि र कार्यशैलीहो। अनुहार नयाँहुँदैमा परिवर्तन हुँदैन। सोच नयाँभएमात्रदिशाबदलिन्छ। त्यसैले प्रश्न“को नयाँ?” होइन, “को सक्षम, दूरदर्शी र उत्तरदायी छ ?” प्रधानविषयहो ।लोकतन्त्र नारा होइन, निरन्तर सोच र जिम्मेवारीको अभ्यास हो।हाम्राप्रचार शैली अराजकहुनु हुँदैन । सामुहिक सदभावकायम राख्नु पर्दछ । निर्वाचनआउँछजान्छ । तर हाम्रो समाज सधै रहिरहन्छ । निर्वाचनकाविषयलाई लिएर कुनै तिक्तताआउनु हुँदैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *