काठमाडांैं । चुनाव दलीय पहिचान र अस्तित्वको लडाइँ हो । चुनाव अगाडि १६५ निर्वाचन क्षेत्रमा सय हाराहारीमा हामी पुग्छौं, समानुपातिक मत पनि हाम्रै बढी हुन्छ– यो शब्द उनीहरुले बारम्बार उजागर गरिरहेका छन् । कांग्रेस, रास्वपा र एमाले नै यसपटक मुख्य प्रतिस्पर्धी देखिएका छन् । जसले संघीयता, गणतन्त्र र समावेसिताको बिजारोपण गरेका छन् । आफैभित्रका नेताहरुबीचमा समन्वय नहुँदा नेतृत्वका आकांक्षीले एमाले, कांग्रेसमा जस्तो प्रतिस्पर्धा नगर्ने तर भित्री मनमा तुस राखेरसँगै हिड्न नसक्दा छिन्नभिन्न भएको माओवादीको यसपटकको निर्वाचनमा गणना भएको छैन । चुनावको परिणामले सरकार निर्माणको संकेत गर्छ । फागुन २२ बाट त्यो संकेत देखिन थाल्छ ।
प्रतिक्षा गर्दै प्रतिफल कुर्दै मतगणनास्थल वरपर तीनकै जमात रहने छन् । जो संसदमा ठूलो दल बन्ने र प्रधानमन्त्रीका लागि घोषित उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपका बालेन साह एकै क्षेत्रका प्रतिस्पर्धी छन् । यी दुईजनाले निर्वाचन आफ्नो पक्षमा पार्न खटेकै छन् ।
संसदीय निर्वाचनको यो इतिहासमा ठूलो पार्टीका मुख्य नेताहरुले उम्मेदवारी दर्ता गरेपछि आफ्नो निर्वाचन क्षेत्र त्याग्न सकेका छैनन् । बरु महानगरको मेयर पद त्यागेर रास्वपाको उम्मेदवार बन्न झापा पुगेका बालेन साहले पूर्वी पहाड ताप्लेजुङदेखि पश्चिम मधेसको धनगढीसम्म पुगेर आफ्नो भनाइ राखेका थिए । नेकपाले एकता सन्देश सभालाई नै चुनावी अभियान ठानेको थियो । एमालेले प्रदेश तहमा चोटीलो कार्यक्रम गर्न सकेन बरु कांग्रेसले रास्वपाको जमघट बिर्साउने गरी जनकपुरबाट प्रतिज्ञा–पत्र जारी ग¥यो । त्यही काम रास्वपाले सुर्खेतमा र एमालेले काठमाडौंमा ग¥यो । तर, यीनको घोषणा निर्वाचन आयोगको तालिका आउनुभन्दा ४ दिन पछि मात्र आयो ।

