काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिका जारी मतगणनामा ४१ लाख मत प्राप्त गरेको छ । सोमबार (फागुन २५) बिहान १२ बजेसम्म ८५ लाख दुई हजार ८४२ मतगणना हुँदा रास्वपाले ४१ लाख १० हजार ६९४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसले १३ लाख ७७ हजार ७१७ मत प्राप्त गरेको छ । त्यसैगरी, नेकपा (एमाले) ११ लाख ६२ हजार ७०२ मत ल्याएर तेस्रो स्थानमा छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ६ लाखनजिक पुगेको छ । चौथो स्थानमा रहेको नेकपाले पाँच लाख ९९ हजार ५९४ मत पाएको छ ।

