गोरखा–१ मा गुरुङ भारी मतले अगाडि

राजनीति समाचार

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले फराकिलो मतान्तर बनाएका छन् । ५३ हजार ४४० मत गणना हुँदा गुरुङ १० हजार ५४० मतान्तरले अगाडि छन् । गुरुङले २४ हजार ५१ मत ल्याउँदा कांग्रेसका प्रेम खत्रीले १३ हजार ५११ मत पाएका छन् ।

नेकपाका हरिराज अधिकारीले १० हजार २३१ मत ल्याएका छन् भने एमालेका आरसी लामिछानेले तीन हजार ८० मत मात्रै पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *