उत्तराखण्डमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख र चिन्ता व्यक्त

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले पुर्‍याएको क्षतिप्रति दुःख र चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले आफू चिन्तित भएको जनाएका छन् ।साथै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल पनि भएको उनको भनाइ छ ।

तुर्कमेनिस्तान भ्रमणबाट आज स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।’

प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *