काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा बढारिएका तत्कालीन ठूला दलका शीष नेताहरुले नेताहरुले अबको संसद देख्न पाउने छैनन् । नेकपा एमालेका केपी शर्मा ओली, महेश बस्नेत, पुथ्वी सुब्बा गुरुङ, देवराज घिमिरे, शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु पौडेल जस्ता काविल नेताहरु पराजित भएका छन् । त्यसैगरी नपाली कांग्रेसका गगन थापा, डा. शेखर कोइराला, प्रकाश शरण महत, विमिलेन्द्र निधि, विनोद चोधरी, सुनिल शर्मा,चन्द्र भण्डारी, प्रदिप पौडेल जस्ता नेताहरु पराजित भएका छन् भने नेकपाका भिम रावल, माधव कुमार नेपाल र नारायण काजी श्रेष्ठ लगायत नेताहरुले पराजय भोग्नुपरेको छ । त्यसैगरी जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, शरद सिंह भण्डारी, राजेन्द्र महतो र सिके राउतहरुको पत्तासाफ भएको छ । त्यस्तै, राप्रपाका नेता राजेन्द्र लिङदेन लगायतका नेताहरुको पनि पराजय भएको छ ।
यता रास्वपामा भने नाम नै नसुनेका नचिनेका व्यक्तिहरु हावी भएका छन् । हुदाँ हुँदा आशिका तामाङ, खगेन्द्र सुनार, रवि लामिछाने र डोल प्रसाद अर्यालजस्ता व्यक्तिहरुले समेत निर्वाचन जितेका छन् । किनकी डोल प्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएको बेला म्यानपावर व्यवसायीहरुबाट रकम उठाएको आरोप छ । त्यसैगरी गृहमन्त्री बनेका रवि लामिछाने सहकारी ठगी काण्डमा मुछिएका व्यक्तिहुन् । उनको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा रहेतापनि धरौटीमा रिहा भएका व्यक्तिहुन् ।
त्यस्तै, रास्वपाबाट जित हासिल गर्न सफल खगेन्द्र सुनार र आशिका तामाङले नेपाल र नेपालीकहरुको हित हुने कुनै काम गरेको पाइँदैन । दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले नेपालमा गाई काटेर खानुहुने समते भाष्य प्रयोग गरेका थिए । सुनारदलितको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने जस्ता माग राख्दै माइतीघर मण्डलामा धर्ना दिदैँ आएका व्यक्तिहुन् । उता आशिका तामाङ नेपाली नागरिक नै होइनन् । उनी जर्मनी नागरिक रहेको प्रमाण आफै बोकेर हिँडिरहेकी छिन् । आशिका तामाङ ग्रिन एन्ड क्लिन आशिका फाउन्डेशनको अध्यक्ष समेत हुन् । उनले विगत लामो समयदेखि यस अभियान्तामा सक्रिय रहँदै काम गरेकी छिन् । उनी सामाजिक अभियन्ता पनि हुन् ।
उनको विवाह जर्मनी नागरिक थोमससगँ भएको हो । त्यसले गर्दा उनी नेपाली होइनन् । उता रवि लामिछानेसहकारी ठगीदेखि दोहोरो नागरिकता र अमेरिकी पासपोर्ट काण्डमा मुछिएसँगै सम्पत्ति सुद्धिकरणको मुद्दा खेपिरहेका व्यक्तिहुन् । आशिका तामाङ र खगेन्द्र सुनार उदाहरणका पात्रमात्र हुन् । यस्ता व्यक्तिहरुले निर्वाचन जित्दा देश कतातिर जाने हो त्यो निश्चित छैन । रास्वपामा यस्ता पात्र कति छन् कति । यस्ता व्यक्तिहरु संसदमा छिरेपछि देशको विकास कसरी गर्छन् त्यो प्रतिक्षाको विषय बनेको छ । जबकी दशौंं वर्ष राजनीतिमा खारिएका र अनुभव भएका व्यक्तिहरु प्रतिनिधि सभाको निर्वाचनमा पराजित भोगेका छन् भने अधिकांश नयाँ अनुहारले प्रतिनिधि सभा निर्वाचन जितेका छन् । माथि उल्लेख गरिएका राजनीतिम दलका शीर्ष नेताहरुको हैसियत खस्किएको छ । त्यसले गर्दा नेपालमा राजनीतिक दलदेखि छिमेकी मित्रहरुको सुमधुर सम्बन्ध खस्किन पुगेको छ ।

