चाउचाउ मालिक एक थच्चकै हुँदा अर्को जुरुक्कै

राजनीति समाचार

काठमाण्डौं । चुनावी प्रतिस्पर्धामा राज्यको नीति निमार्णमा हास्तक्षप गर्ने व्यापारीले संघिय संसदको प्रतिस्पर्धा गर्दा चाउचाउ कम्पनीका मालिकको चर्चा व्यापक भयो । करेन्ट चाउचाउका मालिककमल मालपानीसँग रास्वपाका वरिष्ठ नेता बालेन साह जोडिए । साहाले प्रयोग गरेकोरु८ करोडको गाडीले छलेको राजस्व आजचर्चामा छ । माफीया दिपक मलहोत्रामार्फत मालपानीले उक्त गाडीको राजस्व छल्न सिहदरवारको फोन वीरगंज भन्सारलाई दवाएर काम फत्ते भएको ९ महिना कटेको छैन । वाइवाई चाउचाउका मालिक विनोद चौधरीलाई उनले कारबाही गरेका खनालले हराएका छन् । खनाल नेपाली कांग्रेसका क्षेत्रीय सभापति थिए । आज रास्वपामा प्रवेश गरी सांसद भएका छन् । बालेन साहले करेन्ट चाउचाउको प्रतिनित्व गर्दैनन् ।

व्यवसायी घरनाले देशको राजस्व मारेर पोसेका छन् । देशका राष्ट्रिय समस्यालाई स्वार्थको कोटरीमा जोडेर जसरी राजस्व मार्ने काम भयो त्यो अवस्था रास्वपाको नेतृत्वमा सरकार बन्दा पनि आउने आँकलन गरिँदै छ । बैंक तथा वित्तिय संस्थाहरुबाट आफै ऋण लिने समयमा भुक्तानी नगरी बैंक डुवाउने मधुकर शमशेर राणाले कुमारी बैंक डुवाए जस्तै हरिकुमार र राम कुमार श्रेष्ठले एनसीसी बैंक डुबाएका हुन् । नेपाल राष्ट्र बैंकको हस्तक्षेपले जागेका ती बैंक मर्जर भएर कुमारी बैंक बनेको छ । विनोद चौधरीले नेविल बैंकल कब्जा गरेका छन् । लक्ष्मी बैंकका राजेन्द्र खेतान वेपत्ता छन् । उनले पनि संविधान सभामानेकपा एमालेलाई प्रयोग गरेका थिए। मोती दुगड नेकपा एमाले अध्यक्ष केपी ओलीको विस्वासी बनेर साल्ट ट्रेनिङ्ग कर्पोरेशनको नुन आफुनाो कम्पनीको लोगो प्रयोग गरेर प्रतिकेजी रु. ४५ मा बेच्दा पनि सरकार नून खाएको कुखुराजस्तो झोक्राएर बसेको यथार्थ हामीसामु ताजै छ ।

नेपाली राजनीतिमा व्यापारी, ठेकदार, ब्यूरोक्रेसी र कुटनीतिज्ञहरुको चासो बढ्नुमा नेतामा बढेको पैसा मोह नै प्रमुख हो । पार्टी नेतृत्वले जनता र कार्यकर्ताकोभावनामाथि प्रहार ग¥यो। देशका कुनै पनि राजनीतिक दलमा विश्वासिलो जनाधार टिकाउने स्थिति रहेन । आज चाउचाउ जस्तो मानव स्वास्थ्यको लागि अखाद्य वस्तुलाई जनताको आवश्यकता बनाएर जे÷जस्तो बजारीकरण गरिँदैछ त्यसले देशको राजस्व गुमाउने बाटो खुलाइँदै छ । यो जस्तो देश घाती अरु केही हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *