काठमाडौं । यो चुनावमा पार्टी अस्तित्व नै सबै दलको रक्षात्मक कारण बन्यो । चुनाबको लहर जब मष्तिस्कमा फैलियो । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली छट्पटाए । कांग्रेस र नेकपासँग पनि सहयोगको अपेक्षा गरे । तर तिनीहरु आँफैभित्रको द्वन्द्वमा थिए । चुनावी कमाण्डर रामबहाहर थापा थिए । उनले सहयात्री जनार्दन शर्मा र नेत्रविक्रम चन्दको रिङ्गवाट पुष्प कमल दाहाललाई चुनावमै ढाल्ने योजनाका साथ धरातल विनाको टापटिपेसँग सम्झौता गराए । त्यो सझौतामा नेकपा एमालेका उम्मेदवारले चासो दिएनन् ।
कालीकोटमा नागेन्द्र शाही उम्मेदवार बनेका थिए, रुकुम पश्चिममा नन्दराम देवकोटा एमालेका उम्मेदवार थिए, वादलको सम्झौतामा पश्चिम रुकुममा जनार्दनलाई सघाउने, कालीकोटमा खड्क विकलाई सघाउने त्यो वापत कर्णाली अंञ्चलका सबै जिल्लामा संगठन बिनाको प्रलोपा र नेकपा चन्दले एमालेलाई सघाउने शर्त थियो । पार्टीको प्रचार–प्रसारमा एक दिन कतै नदेखिएका उपाध्यक्ष बादललाई आफूले गौरव गरेको महशुस भयो होला । तर एमालेका कुनै उम्मेदवार र पार्टी कमिटिले उपाध्यक्ष एव चुनावका कमाण्डरका कुरा पत्याएनान् ।
बादल स्वार्थ पुरा गर्नकै लागि नेकपा विभाजनपछि एमालेमा रहेका हुन् । जसको पारिवारिक चरित्र भ्रष्ट छ । नैनकला थापा नक्कली भुटानी शरणार्थी प्रकरणसँंग जोडिएकी छिन्, छोरा प्रतिक थापा सुनतस्करी काण्डमा जेलमा छन् । तत्कालीन गृहमन्त्री बादल पुत्र थापा तत्कालीन उपराष्ट्रपति पुत्र दिपेश पुनको लुटतन्त्रले माओवादी दूर्गन्धित थियो । कृष्णबहादुर महरालाई प्रयोग गर्ने पौरखी पुत्र पनि जेलमै छन् ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको रहस्यसँग जोडिएका प्रतिक थापाको थुप्रै पौरखी धन्दा छन् । त्यति हुँदाहुँदै पनि रामबहादुर थापा पार्टीमा नक्कली स्वभाव देखाएर जनजाती कोटामा एमालेबाट सासद बनेका छन् । जसको पार्टी पंक्तिमा जिल्लाको संगठन कतै कुनै असर पर्दैन र राजनीति प्रभाव पनि छैन । तिनैलाई चुनावी कमाण्डर बनाउने एमाले कस्तो पाटी होला ? कार्यकर्ताले प्रश्न गर्न थालेका छन् ।

