सुख्खायाम सुरुभएसँग हावा, हुरी, चट्याङ, आगलागी जस्ता घट्नाहरु प्रत्येक वर्ष घट्दै आएका छन् । खुख्खा याममा हावाहुरी चल्ने कारणले लाग्ने गर्दछ । नेपालमा हरेक वर्ष डडेलो र हावाहुरीकै कारण जनधनको क्षति हुँदै आएको छ । खडेरीका बेला वनमा डडेलो लाग्दा बोटविरुवादेखि वन्यजन्तुहरुको नोक्सान पु-याउने गर्दछ । डडेलो लाग्दा वनजंगल आसपासका गाउँघरमा आगलागी हुने र जनधनको क्षति हुने घट्ना नभएका होइनन् ।
प्रायःजसो उच्च पहाडी भेक र मधेसको बाक्लो बस्तीमा आगलागी आगलागीको बढी डर हुने गर्दछ । मधेसमा बाक्लो वस्तीसँगै घरहरु खर र छुवालीले छाउने कारणले त्यस्ता वस्तीहरुमा आगलागीको खतरा बढी हुने गर्दछ । त्योसँगै तराइ क्षेत्रमा घना वन जंगल हुने कारणले आगलागी नियन्त्रण गर्न समस्या हुन्छ । मधेसका केही शहरी इलाकाबाहेक गाउँवस्तीहरुमा दमकलको व्यवस्था पनि स्थानीय सरकारले गर्न सकेको छैन । खडेरी परेको बेलामा इनार, कुवा, धारासमेत सुख्खा हुने कारणले पानी अभावको कारण आगलागीको जोखिम बढी हुने गर्दछ ।
आगलागीको समस्या समाधानको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने हो । तर, हरेक वर्ष मधेसमा आगलागी हुँदा गाउँवस्ती नै सखाप हुने गरेको थुप्रै घटनाहरु छन् । त्यसमा स्थानीय सरकारले आगो नियन्त्रणको लागि दमकलको व्यवस्था गर्न सकेको छैन । काठमाडौं उपत्यका र अन्य शहरी क्षेत्रमा मात्रै दमकलको व्यवासथ् गरिएको छ भने तराईका विभिन्न ग्रामीण क्षेत्र र पहाडी जिल्लाहरु जहाँ डडेलोको बढी जोखिम हुन्छ त्यहाँ दमकलको व्यवस्था गरिएको पाइँदैन । पछिल्लो समय त पहाडी इलाकामा वस्तीहरु पातलिएरपछि वनजंगलले गाउँवस्ती ढाकिसकेको छ । वनजंगल बढेसँगै बाँदर लगायत वन्यजन्तुहरुले सर्वसाधारणलाई आतंकित बनाउन थालेका छन् ।
वन्यजन्तुले अन्न बाली नष्ट गरेका कारण किसानहरु मारमा परिराखेका छन् । स्थानीय सरकारले वन्यजन्तु रोकथामको लागि कुनै पहल गरेको पाइँदैन । बाँदरले अन्नबाली नष्ट गरेसँगै घर–घरमा पसेर पकाएको खानासमेत खाइदिने गरेको समाचार मिडियामा आइरहेका छन् । केहीकाहीँ संसद्मा बाँदर आतंकको कुरा उठाइए तापनि त्यसको नियन्त्रण गर्न सरकारले ठोस योजना ल्याउन सकेको थिएन । अहिले पहाडी इलाकामा बाँदरको आतंक झन् बढेर गएको छ । त्यसको रोकथामको सरकार सम्बन्धित निकायले ध्यान दिएको छ ।
काठमाडौं । ३३ किलो सुन तस्करीमा मुछिएका चेतन भण्डारीकी श्रीमती नितिमा कार्की भण्डारीलाई गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रै तरंग पैदा भएको छ ।

