वाणिज्य आपूर्ति विभागमा पाए नगद, नपाए जिन्सी आतंक

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले विभाग सम्हालेनको आठ महिना पुगिसकेको छ । ज्ञवालीले आठ महिने कार्यकाल बिताउँदा पनि बजारमा उद्योगी व्यापारीहरुले उपभोक्ता ठगिरहँदा अनुगमन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । बजार अनुगमन गर्दा पनि महिला कर्मचारीलाई बाइपास गरेर आफूअनुकूल चल्ने पुरुष कर्मचारीलाई प्राथमिकता दिएर कालाबजारीमा संलग्न उद्योगी व्यापारीहरुसँग मिलेमतो गरी पाए नगद नपाए जिन्सीसमेत उठाउने धन्दा चलाउने गरेको स्रोतले उल्लेख गरेको छ । त्योसँगै गत माघ १५ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको वार्षिकोत्सव कार्की ब्याङ्कुइटमा सम्पन्न गरेको थियो । त्यसको खर्च वाणिज्य तथा आपूर्ति विभागले गर्न नसकेर नेपाल आयल निगमलाई बेहोर्न लगाएको बताइन्छ । यता बजारमा खाना पकाउने ग्याँससँगै पेट्रालियम पद्धार्थको हाहाकार भइरहँदा ब्यापारीहरुले गरेको कालाबजारीप्रति महानिर्देशक ज्ञवालीले ध्यान दिएका छैनन् ।

उता, उपभोक्ता अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पछिल्लो समय कहिले तिव्र अनुगमन, कहिले व्यवसायीहरूको मनोपोली नियन्त्रण गर्न नसकेको आरोपमा आलोचना खेप्दै आएको छ । उपभोक्ता हितको लागि बनेका आधा दर्जनभन्दा बढी कानुनहरु प्रभावकारी ढंगले लागु हुन सकेका छैनन् । उपभोक्ता हित र संरक्षणको जिम्मेवारी पाएको विभागले आफ्नो भूमिका प्रभावकारी गर्न नसक्दा उपभोक्ताहरू गुणस्तरहीन सामान, कृतिम अभाव र चर्को मूल्यको सामना गर्न वाध्य छन् । त्यसैगरी बजारमा खाना पकाउने ग्याँस अभाव भएको मौका छोपी कम्पनी र व्यवसायीहरुले ग्याँस भरेका सिलिन्डर लुकाई बजारमा कृतिम अभाव सिर्जना गरेर उपभोक्ता ठगिरहेका छन् । सर्वसाधारण उपभोक्तालाई आधार सिलिन्डर ग्यासँ लिनको लागि दिनभर लाइन बस्दा पनि नपाएर रित्तो हात फर्किनुपर्ने गुनासो छ । यदि पाइहालेको खण्डमा पनि आधा सिलिन्डर ग्याँसमा १ केजी जति त लेदो भेटिएको बताइन्छ ।

अर्कोतिर पेट्रोलियम पद्धार्थ अभावको मौका छोपेर खाद्यान्नलगायत अन्य सामान्यको मूल्य बृद्धि गरी उपभोक्ता ठगिइरहेका छन् । त्यसैगरी खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेर विक्रीवितरण गर्ने काम भइरहेको छ । कतिपय उद्योगी, व्यापारीहरुले सामानमा गुणस्तर, तौल र संख्या घटाउने र मूल्य बढाउने काम गरिरहेका छन् । कतिपय जंङ्क फूडहरुको प्याकेटमा हावा भरेर सामान कम राख्ने र मूल्य बढाउने गरेका थुप्रै उदाहरणहरु छन् । त्योसँगै फास्टफुडमा पनि सानको साइज, संख्या र तौल घटाउने र पेट्रोलियम पद्धार्थको अभाव देखाएर मूल्य वृद्धि गर्ने काम गरिराखेका छन् । यसरी उद्योगी, व्यापारी र कालाबचारियामा संलग्न विचौलियाहरुको विगविगी भइरहँदा उपभोक्ता संरक्षण विभागका महानिर्देशक ज्ञवाली रमिते बनेर आर्थिक लाभ लिइरहेको विभाग स्रोतले बताएको छ ।

अझ चाखलाग्दो त के छ भने ज्ञवालीले आफूमातहतका प्रत्येक शाखाबाट भाग खोज्ने गरेको बताइन्छ । अभावलाई मध्यनजर गरेर बजार अनुगमन गरी सहजीकरण गर्नुपर्नेमा उल्टै विचौलिया र कालाबजारियासँग मिलेमतो गरी पाएसम्म नगद नपाएको खण्डमा जिन्सीसम्म नछोड्ने गरेको हल्ला वाणिज्य आपूर्ति विभागमा चल्ने गरेको छ । उता, जेनजी सरकार चुनावतिर व्यस्त भएको मौका छोडेर विचौलिया र कलाबजारीयाले मनोमानी गर्दा सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *