पाँच कम्युनिस्ट पार्टीको लज्जास्पद मत

राजनीति समाचार

काठमाडौं । आफै मात्र ठिक अवसर लिने दाउ रच्दा एमाले र नेकपालाई नपत्याउँदा आज लज्जास्पद हार बेहोरेका नेकपा मसाल, नेकपा चन्द, नेकपा संयुक्त, नेमकिपा र प्रलोपाको क्रान्तिकारी त कठै बरा ! भन्ने अवस्थामा पुगेको छ । मोहन विक्रम सिंह, नारायणमान विजुक्छे, घनश्याम भुषाल, नेत्रविक्रम चन्द, डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संयोजक रहेको प्रलोपाको मत परिणामले तीनको धरातल नाङ्गै बनाएको छ । बढी क्रान्तिकारी बनेकाहरु यसपटक नाङ्गै भएका छन् ।

नेकपाले साथ दिएबापत मसालले बाग्लुङ्गमा चुनाव जित्ने अपेक्षा गरेका थिए । तर, दाङ, बाँके, कन्चनपुर, प्यूठान, अर्घाखाँचीलगायतका स्थानमा उम्मेदवार उठाएको मसालले २९ हजार ४ सय ५५ मतमा चित्त बझाउनु परेको छ । युद्ध सफल पार्ने भन्दै कहिले कुकर बम त कहिले सुतली बम पड्काएर आतंक सिर्जना गर्ने नेकपा चन्दले २३ हजार ८ सय ६४ मत पाएको छ । नेकपा बनेपछि एकताविरुद्ध मृत अवस्थामा रहेको नेकपा संयुक्तलाई ब्युत्याएका दर्शनशास्त्री घनश्याम भुषालको टिमले ४ हजार ५ सय १३ मत पाएको छ ।

भक्तपुरे राजा नारायण मान विजुक्छेको नेमकिपाले भक्तपुरका २ क्षेत्र, जुम्ला, दैलेख, कालिकोटलगायत जिल्लामा उम्मेदवार उठाएर ४२ हजार ३ सय १ मत पाएको छ । नेकपाको घोषणासँगै माओवादीका प्रचण्डमाथि खनिएका जनार्दन शर्माको टिमले उठाएका उम्मेदवारको मत २४ हजार ६ सय ७५ रहेको छ । त्यो मतमध्य शर्माले रुकुम पश्चिमबाट पाएको १४ हजार ७ मत पाएका थिए । नेकपा र एमालेको सत्तोसराप गरेर क्रान्ति सफल पार्ने यी बिद्वानहरुको धरातल जनताले राम्रैसँग देखाइदिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *