राष्ट्रपति पौडेलको चाहना चैट !

राजनीति समाचार

काठमाडौं । बाबु–आमाको राजनीतिको साँवा, ब्याज उठाउने छोराछोरीले हिजो पार्टीको भगिनी संगठनमा योगदान गर्न नपर्ने प्रचलन लोकतन्त्रका भ्रष्टहरुले स्थापित गरेकै थिए । पूर्वराष्ट्रपति रामवरण यादवका छोरा वीर अस्पतालको जागिर छोडेर धनुषा २ मा उम्मेदवार बन्दा ०७९ को निर्वाचनमा पराजित भएका थिए । उनैलाई यसपटक कांग्रेसले समानुपातिक सांसद बनाएको छ । उनी हुन् डा. चन्द्र मोहन यादव । समानुपातिकको कोटामा कांग्रेसका सात जना अनुहार नेताकै वरपरका चुनिएका छन् । त्यसमा शेरबहादुर देउवाले तिनीहरुको नाम पठाएका हुन् ।

युवा नेतृत्वले त्यो ध्यान दिएन । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नी छोरी सङ्ग्या पौडेललाई सरकारद्वारा सिफारिस गर्ने कोटामा समानुपातिक सांसद बनाउन चाहेको रहर पुरा भएन । उनले हिजो छोरा चिन्तन पौडेललाई गरिवी निवारण अनुसन्धान कार्यालयमा कार्यकारी निर्देशक बनाएर जागिर खुवाएका थिए । ज्वाइलाई खानेपानी संस्थानको कार्यकारी अध्यक्ष बनाएकै हुन् । सम्धिलाई पुनःनिर्माण प्रधाधिकरणको प्रमुख बनाएकै थिए । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराष्ट्रपति डा. रामबरण यदावको चरित्र मिलेको छ । तर, यसपटक पौडेल पुत्रीलाई समानुपातिक सांसद बन्न प्रधानमन्त्री शुशिला कार्की वाधक भइन् ।

कार्कीले जेनजी सरकारका क्षमता भएका काम देखाएका चार मन्त्रीले पद त्यागेर चुनावमा होमिँदा गृहमन्त्रालय नछाडेका ओमप्रकाश अर्याललाई राष्ट्रपतिको तर्फबाट मनोनित गर्ने कोटामा सिफारिस गरेकी थिइन् । तर, कार्कीद्वारा गरिएको अर्यालको सिफारिस राष्ट्रपति पौडेलले थाती राखेका छन् । जुन ठाउँ वामदेव गौतमको समय अवधि सकिएर गत फागुन १२ मा खाली भएको थियो । कार्की सरकारका मन्त्रीहरु कुलमान घिसिङबाहेक महावीर पुन, बब्लु गुप्ता, जनदिश खरेल रास्वपा सांसद भएका छन् । रास्वपाको दुईतिहाई बहुमतको सरकारबाट जनअपेक्षा अनुसार काम हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ । पुराना दलहरुबाट दिक्क भएका जनताले कांग्रेस र कम्युनिस्टहरुलाई सजाए दिएका छन् । यतिबेला सर्वसाधारण जनताले अपेक्षा रास्वपासँग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *