शिक्षा माफिया आतंकित

राजनीति समाचार

काठमाडौं । सरकारको शिक्षा मन्त्रालय तहमा मन्त्रीले शैक्षिक क्षेत्रबाट भएको अनियता स्मरण गर्ने हो भने एसईई परीक्षा दिने समयदिेखिको असुली धन्दा रोक्न सक्छ । तर यहाँका नेता जनताप्रति सचेत छैनन् । दलीय आवद्दाताका आधारमा खुलेका कन्सल्टेन्सी र क्याम्पस प्रवेश परीक्षाको तयारीमा लुट्नेहरुको निद हराम हुने गरी चलाइएको संस्थाको भण्डाफोर भएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई र क्याम्पस प्रवेशका नाममा अनामनगर, बागबजार, पुतली सडक, नयाँ बानेश्वर, मिनभवन, कोटेश्वर, चाबहिल, डिल्लीबजार, मैतीदेवीजस्ता ठाउँमा झुण्डिएका शैक्षिक माफियाको बोर्डमाथि प्रहार गरेका छन् ।

काठमाडौं महानगर पालिकामा बालेन्द्र साह प्रमुख बन्दा शिक्षा क्षेत्रको निगरानी र अनुसन्धान गरेका उनै पोख्रेल शिक्षा मन्त्री भएका छन् । उनले एसईई दिएपछिको शिक्षा क्षेत्रमा हुने गरेको लुटधन्दा बुझेका थिए । शिक्षामा हुने गरेको व्यापारीकरणका नायक कांग्रेस, एमाले र माओवादीका झण्डावाला हुन् । तिनैले शिक्षा क्षेत्रलाई व्यापारीकरण गरेर नेपाली विद्यार्थीहरुलाई विभिन्न देशमा गुणस्तरीय शिक्षाको बाटो खोल्ने हल्ला चलाउँथे । नेपालमा एमाले र कांग्रेस बाहेक अरु नभए झै गरेर हरेक वर्ष एकलाख ६१ हजार युवामाथि शोषण हुने गरेको थियो । त्यहाँ दलीय आवद्दता छ ।

गुणस्तरीय शिक्षा नहुँदा एसईई पास गरेको ठूलो जनशक्ति देश छोडेर हिड्न परेको छ । राजनीतिक तहमा यस्ता विषय छानविनमा परेनन् र नीतिगत सुधारमा आएनन् । आज जसले शिक्षा बुझ्यो त्यो मन्त्री बन्दा साइन बोर्ड झुण्ड्याएर लुट्नेहरु आतंकित भएका छन् । अब एसईई प्रवेश परीक्षाका नाममा शैक्षिक माफियाको लुटधन्दा चलाउन विदेशमा उच्च शिक्षाका लागि पठाइने लस्कर खडा गरेर खानेहरुको कार्यालय बन्द हुने भएको हो । यो टोलीले राजनीति सहयोग पाउँदैन ।

गुणस्तरीय शिक्षाको नाममा हुने लुट लाजको पसारो भएको छ । माओवादी नेता दिनानाथ शर्मा मेडिकल शिक्षाको कोटा बेच्थे । वैज्ञानिक शिक्षाको कुरा गर्नेले व्यवहारिक र जीवनपयोगी शिक्षाको लागि कस्ता ऐन नल्याएको शिक्षाप्रेमी हुन् भनेर वास्ता नगर्दा हिजोका लुटाहाहरु उम्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *