जेनजी घट्नाको भागिदार मुख्यसचिव हुने कि नहुने ?

राजनीति समाचार

काठमाडौं । सरकारले गत भदौ २३ र घटनालाई लिएर दोषी उपर कारबाही गर्दै छ । त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानको लागि पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । सोही घटनामा दोषी देखाइएका काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजाललाई पक्राउ गरिए तापनि देशभरका सिडिओहरुको विरोधपछि हाजिरी जवानीमा छाडिएको छ ।

तर, त्यस घटनासँग प्रत्यक्ष जोडिएका सुरक्षा प्रमुखहरु नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई छानविनको दायरामा ल्याइएको छैन । अझ तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको त नामै उच्चारण नगर्नु रहस्यमय बनेको छ । किन कि गृहसविच, अन्य सचिवहरु र सम्बन्धित निकायका प्रमुखहरु मुख्यसचिवको आदेश अनुसार चल्ने गर्दछन् । तर, गात भदौ २३ को घटनामा अन्य निकायका प्रमुखलाई दोषी देखाइएको छ भने मुख्यसचिव अर्याललाई चोख्याइएको छ ।

जेनजी आन्दोलन सफल बनाउनको लागि भदौ २२ गते टोखाको अज्ञात स्थानमा भोलिको आन्दोलनमा यसरी जाने भनेर गोप्य योजना बनाएर त्यसको भिडियो नै देखाइएको थियो । सो गोप्य योजनाको सूचना मुख्यसचिव आर्याललाई जानकारी गराउन जाने कर्मचारीलाई उल्टै मुख्यसचिव अर्यालले आफ्नो काम गर्नु आन्दोलनका योजना जस्तोसुकै बनाउन् भन्ने उत्तर दिएको कर्मचारी स्रोतले उल्लेख गरेको थियो । सो समाचार तामाकोशी सन्देशले पनि प्रकाशित गरेको थियो ।

आज उनै मुख्यसचिव अर्याल सो घटनामा नमुछिनुले उनको भूमिका रहस्यमय भएको कर्मचारीहरुको ठम्याई छ । यतिबेला निजामती क्षेत्रमा तत्कालीन मुख्यसचिवकै कारण यो घटना हुन पुगेको संघीय मन्त्रालयतिर चर्चा चल्ने गरेको छ । यी र यस्तै कारणले गर्दा सरकारले आफ्नो गोप्य सूचनासमेत लिन नसकेको प्रमाणित हुन्छ । उता, राष्ट्रिय अनुसन्धान विभागले त देशको परिस्थिति अनुसारको सूचना सरकारलाई उपलब्ध गराउनुपर्ने हुन्छ ।

तर, राष्ट्रिय अनुसन्धान विभागले तत्कालीन घटनाको सूचना सरकारलाई दिन चुकेको देखिन्छ । आगामी दिनहरुमा पनि सम्बन्धित निकाय र विभागहरुले तदारुकताका साथ सूचना संकलन गरी सरकारलाई बुझाउनुपर्ने हुन्छ । तर, गत भदौ २३ र २४ को घटनाबारे तत्कालीन सरकारले समयमा सूचना नपाएजस्तै आगामी दिनमा पनि यो सरकारले राज्यविरुद्ध हुने गतिविधिको सूचना पाएन भने शान्तिसुरक्षा कसरी कायम हुन्छ ? भन्ने प्रश्न सर्वत्र उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *