गगन र विश्वको ट्याउँ ट्याउँ फुस्स

राजनीति समाचार

काठमाडौं । कांग्रेस पार्टीले विधान बनाउने तर, त्यसलाई कार्यान्वयनमा नल्याउने कारणले २००८ सालको उपलब्धि खोज्ने २०८२ को । कांग्रेसका महामन्त्रीद्वयको ट्याउँ ट्याउँ फिस्स भएका छन् । ढुङ्गो बोल्ला रुख हल्लिएला तर सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको हस्तक्षेप सुन्नै चाहदैनन् ।कांग्रेसले प्रधानमन्त्री केपी ओलीबाट धितोपत्र बोर्ड, बीमा प्राधिकरण, राष्ट्रिय सूचना आयोग, नेप्से मात्र होइन गोरखापत्र, रासससमेत आफ्नाले भरेको छ ।

प्रधानमन्त्रीले आफ्नो पद जोगाउन राष्ट्र बैंकको गभर्नर पनि छोड्ने अवस्था छ । जताततै देउवाका बिचौलिया र डा.आरजुका आम्दानी भरिभराउ हुँदा ओलीको हस्तक्षेपले मन्त्री तड्पिएता पनि शेरबहादुर देउवा नतड्पिए पछि महामन्त्रीद्वय र डा.शेखर कोइराला छट्पटिनुको अर्थ भएन । उपप्रधानमन्त्री प्रकाशमान सिंह, पर्यटन मन्त्री बद्री पाण्डे, परराष्ट्रमन्त्री डा. आरजु राणा, कृषिमन्त्री रामनाथ अधिकारी जस्ता त डराएका छैनन् भने आफैँ ठेकेदार विवादस्पद ऊर्जामन्त्री दीपक खड्काको पौरखी स्वभावमा प्रधानमन्त्री नै रमाएका छन् ।

राष्ट्र हित विपरीत जस्तो धन्दा चलाए पनि दुईतिहाइको घमण्डमा सरकार देशमा ऋण बढाउन र जनतालाई अत्याउन सफल भएको छ । यो सरकार जति चल्छ देशले आर्थिक मन्दि सहन्छ । देउवालाई के मतलब !

Leave a Reply

Your email address will not be published. Required fields are marked *