काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाहालले पार्टी सत्ता र वर्गीय सत्ताको भेद बुझ्न नसक्दा बत्ती छिटै निम्दा सरकारप्रति प्रचण्ड आत्मरतिमा लठ्ठीएका छन् । माओवादी विचार हो भन्दै मौका पाउँदा सुन तस्करी चन्दन तस्करी, सरकारी छाप चोरी र वन्यजन्तुका अवशेषको धन्दा चलाउनेहरूसँगको साइनोले विचार र सिद्धान्तलाई ध्वस्त बनाएको पत्तो नपाएको माओवादी फेरि तात्न थालेको छ । जबकि त्यसको ३२ सिटले न त सत्ता ढल्छ न त सरकार बन्छ ।
काङ्ग्रेस र एमाले दुवैलाई धोका दिएर आफू साझा बन्न खोज्दा ठूला दलको विश्वास गुमाएका प्रचण्डलाई भारतले म्वाई खाए पनि प्रधानमन्त्री पद दिलाउँदैन । बरु केपी ओलीको पञ्चायतले गर्दा एमालेभित्रका वामपन्थी सहकार्य पक्षधरहरूलाई मिलाउने सम्भावना छ । एमालेमा ओलीको विकल्प विद्या भन्नु भ्रष्ट शिरोमणिहरूको भित्री साजिस भएको बुझेका प्रचण्ड दुई तिहाईको सरकार आजै ढल्छ भोलि नै ढल्छ, सत्ता गठबन्धनबाटै ढल्छ भन्दै आत्मरतिमा रमाउनु राजनीतिक सभ्यता होइन ।
प्रचण्डको हुलाकी राजमार्ग यात्राले संगठन बलियो भएन । प्रचण्ड सत्तामा रहँदा समृद्धि र विकासका योजना लागू भएनन् । संसदमा भएका साना दल एकीकृत समाजवादी र महेन्द्र रायको समाजवादीले थप्ने भनेको ११ मत हो । संघका प्रचण्डको व्यवहारमा पनि छ । विचार मिल्ने बीचमा सहकार्य हुन एजेण्डामा क्रियाशीलता नहुनुले पनि ओली सरकारको मात्ने र मत्याउने शैली हराउन नसकेको हो ।