महासंघमा अमेरिका जाने युद्ध

राजनीति समाचार

काठमाडौं । आफैले लगानी गरेर पत्रिका चलाएका पत्रकारका नेपाल पत्रकार महासंघको कार्यसमितिमा छैनन् । साहुजीका कम्पनी र सत्ता पहुंचबाट सरकारी सेवाका जागिरे पत्रकारहरुको वाहुल्यता रहेको नेपाल पत्रकार महासंघमा अमेरिका घुम्न जाने लडाईँ चर्किँदै छ । जब कि सरकार पत्रपत्रिका बन्द गर्ने योजनामा लागिपरेको छ । एमाले र कांग्रेसले जसरी नेतृत्व कब्जा गरे त्यसको उपाधेयता आज छैन । त्यो बेला प्रेस चौतारीले भोलिको बाटो हेरेन । जसरी पार्टीले सत्तामा हुँदा वामपन्थी दलहरूमाथि पानी बाराबार ग¥यो आज एमाले अध्यदा केपी ओली र कांग्रेसी नेता, रमेश लोक भाद्र २३ को घटनामा पक्राउ पर्दा निष्पक्ष रुपमा पेशागत संगठनहरुमा छैन ।

अदालत, अख्तियार प्रहरीलाई एमाले र काग्रेसका भरौटेहरु भरिभराउ बनाउँदा पत्रकारहरुको हकहितमा बोल्न सकेका छैनन् । यतिबेला पत्रकार महासंघको नेतृत्वमा एमाले र कांग्रेसको बाहुल्यता रहेको छ । त्यसमा अध्यक्ष प्रेस चौतारीकी निर्मला शर्मा छिन् भने दुई उपाध्य, महासचिव र सचिममा प्रेस युनियनका व्यक्तिहरु छन् । त्यसमा कोषध्यक्ष भने माओवादीका रामकृष्ण अधिकारी छन् । तत्कालीन ठूला दल कांग्रेस, एमाले र माओवादी निकट पत्रकारहरुको बाहुल्यता रहेको पत्रकार महासंघले राज्यले निजी क्षेत्रबाट सञ्चालित पत्रपत्रिकालाई सरकारी सूचनाबाट बिमुख बनाउन खोज्दा पत्रकारको हकहितको लागि लड्नुपर्ने बेलामा अमेरिका घुम्न जाने होडबाजी गरिरहेका छन् ।

खासगरी विदेश घुम्ने कुरामा अध्यक्ष निर्मला शर्मा र महासचिव रामप्रसाद दाहालको लडाईँ चर्किएको छ । उनीहरु नेजाको साधारण सभामा प्रमुख अतिथि बन्नको लागि भिड्दै छन् । नेजा अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संगठन हो । महासंघका केन्द्रीय सदस्यहरुको एउटा टोलीले विदेश घुम्न पदाधिकारीहरुको लडाईँ रोक्न अब विदेश भ्रमण केन्द्रीय सदस्यहरुको तर्फबाट हुनुपर्छ भन्ने प्रस्ताव हेटौडा बैठकमा लैजाँदैछन् ।

पत्रपत्रिकाका समस्यामा चासो नदिने महासंघको नेतृत्वले साहुजी पत्रकारितालाई व्यवसाय ठान्छन् । यो टोली स्वरोजगारमुलक साना लगानीका साप्ताहिक, मासिक, पाक्षिक र द्वयमासिक पत्रपत्रिको शत्रु हुन् । किन कि दलका झले संगठनहरुले पेशागत मर्यादामा पार्टी प्रचार विभागलाई प्राथमिकता दिन्छन् । निष्पक्ष ढंगले लेखन जिवीका चलाएकाहरुप्रति यिनको चासो हुँदैन । पत्रपत्रिका बन्द भएर श्रमजीवी पत्रकारहरु रोजीरोटी गुमाउन वाध्य हुँदा पनि पत्रकार महासंघ मौन रहेको छ ।

त्यसले गर्दा पछिल्लो समय नेपाल पत्रकार महासंघ दलको राजनीतिक आडमा देश, विदेश घुम्ने, मोजमस्ती गर्ने र व्यक्तिगत फाइला उठाउने थलोको रुपमा विकसित हुँदै गएको छ । पहिला राजा ज्ञानेन्द्रले दलका नेताहरुलाई नजरबन्द गराएर पत्रपत्रिकामा सेन्सरसिप लगाउँदा नेपाल पत्रकार महासंघको नेतृत्व र पदाधिकारीहरुले लडेर दलका नेताहरुलाई समेत सडकमा आउने वातावरण सिर्जना गरेका थिए । तर, आजको नेतृत्वले त्यो क्षमता राखेको देखिएन । त्यसको कारण हो पेशागत भन्दा दलगत हावी हुनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *