काठमाडौं । मान्छे जस्तोसुकै होस् निर्वाचनबाट जनताको जनमत पाएपछि उसले पाएको पद र राज्यको गरिमा बचाउने दायित्व जिम्मेवार हुन्छ । गृहमन्त्री सुदन गुरुङ गत साता प्रहरी प्रधान कार्यालय पुगे । गृहमन्त्रीले प्रहरी कार्यालय निरीक्षण गर्ने प्रहरी सुधार्छु भन्ने थुप्रै गृहमन्त्री थिए ।
तीनको जस्तै गृहमन्त्री सुदनले प्रहरी पोशाक फर्ने, तलबभत्ता बढाउने, उच्च प्रविधिसहितको डिउटी अफिसरबाट आफू मातहतका जवानसम्म प्रविधि र प्रशिक्षणयुक्त हुनुपर्छ भने । गृहमन्त्रीले आधुनिक प्रहरीका लागि आवश्यक बजेट कति चाहिन्छ ? भनेर सोचेका छन् कि छैनन् ? तालि त उनले खाए । आईजीपीले आँसु खसाले । आईजीपी कवि र गीतकार हुन् । चाहिने जति कमाइ गरिसकेका छन् ।
प्रहरी पत्रकारहरुको टिम बोलाएर आईजीपी कार्की संगठनको कुरा बेलाबत राख्छन् । काम हुन्छ हुन्न निश्चित छैन । नेपाल प्रहरीभित्र एमाले र कांग्रेसको हालीमुहाली छ । जो प्रहरीकै हुन् । आईजीपीले तीनलाई पत्रकार ठान्दछन् । एआईजी, डिआईजी, एसएसपी र एसपीसम्म एमाले र कांग्रेसका सदस्य छन् । त्यो प्रहरीलाई रास्वपाको नेतृत्वको विश्वासी बन्न भ्याइनभ्याइ छ ।
चुस्ता र पोशाकमा मात्र होइन बुट र सट पाइन्टमा समेत ठेक्का लगाउँदा हुने भ्रष्टाचारले बेलाबखत प्रहरीभित्र राम्रैसँग चर्चा पाउने गरेको छ । दीपक भट्ट हतियार भिडाउथे । सरकार फेरिना साथ दलबदल्न रंग फरिने कर्मचारी र प्रहरीको भिड यस पटक भने घटेको छ । सरुवा, बढुवामा व्यक्तिको भनसुन नगर्न गृहमन्त्री गुरुङले आदेश दिएका छन् ।

